बि.सं. २०८० जेठ ६ गते शनिबार ई.सं.२०२३ मे २० नेपाल सम्बत ११४३ तछलाथ्व पारु, पिङ्गल नाम संवत्सर, सूर्य उत्तरायणं ग्रीष्म ऋतु, जेष्ठ शुक्ल प्रतिपदा, चन्द्रमा वृष राशिमा, कृतिका नक्षत्र, अतिगंड योग, किंस्तुघ्न करण । आज नेपालमा सूर्योदय बिहान ५: १२ बजे, सूर्यास्त साँझ ६: ४८ बजे हुनेछ । आज जन्म लिने बच्चा वृष राशीको हुनेछ ।
आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६ बजेर ४५ मिनेट देखि ०८ बजेर ३६ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज गोसाइकुण्ड स्नान आरम्भ, दशहरा स्नान आरम्भ रहेको छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– आफन्तसँग रमाइलाे भेटघाट हुनेछ। परिवारका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। बौद्धिक क्षमताको तारिफ हुनेछ भने व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :– फजुल खर्च बढ्नेछ भने बेलैमा होस नपुग्नाले अर्थ अभाव देखापर्न सक्छ। समय दिन नसक्दा काम रोकिनेछ। अरूको फाइदाका लागि काम गर्नुपर्ने अवस्था आउन सक्छ। उधारोमा व्यापार गर्नुपर्ला। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। आफन्तबाट टाढा भइनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– आम्दानीका विभिन्न स्रोत देखिए पनि सोचेको फाइदा नहुन सक्छ। लगानीतर्फ लागत बढ्नेछ। कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्छन्। ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला। तत्काल फाइदा नभए पनि सम्भावना खाेजी गर्ने समय छ। पहिलेकाे उपलब्धिलाई जाेगाउने प्रयत्न गर्नुहाेला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– मिहिनेतले राम्रो परिणाम दिलाउनेछ। तारिफयोग्य काम गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। कृषि, पशुपालनमा आदिमा फाइदा हुनेछ।सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा फाइदा हुनेछ। सहयोगीहरूले हिम्मत दिलाउनेछन्।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– अवसर र चुनौती एकसाथ देखा पर्ने हुँदा होसियारीसाथ काममा जुट्नुपर्ला। छिद्र खोतल्नेहरूले दु:ख दिनेछन्, विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला। ढिलासुस्ती गर्दा वा आँटले काम लिन नसक्दा केही पछि परिनेछ। तापनि शुभचिन्तकहरूको साथ–सहयोगले अप्ठ्यारा चुनौती समेत पार लगाउन सकिनेछ। समाजसेवा, धर्मकर्म र परोपकारी काममा प्रवृत्त भइनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ। तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला। परिबन्धले चुनौती निम्त्याउन सक्छ। काम बिग्रने भयले सताउनेछ भने श्रमको उचित मूल्य प्राप्त नहुन सक्छ। नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। गरी आएको कामसमेत स्थगित हुने सम्भावना देखिन्छ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन पनि कसिने समय छ। परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। व्यापार र पेसामा राम्रै फाइदा हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। व्यापारमा प्रशस्त फाइदा हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ। अरूका विषयमा चासो लिँदा झमेला बेहोर्नुपर्ला। अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। अप्ठ्यारा परिस्थितिले काम गर्न विलम्ब हुनेछ। समयको तालमेल नमिल्दा आफ्ना विषयवस्तुमा अरूले दाबी गर्लान्। अरूको विश्वास गर्दा धोका हुन सक्छ। अध्ययनमा समय दिन नसकिएला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– परिवारमा असमझदारी देखिएला। मान–सम्मानमा आघात पुग्ने सम्भावना छ। आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। फजुल खर्च बढ्नेछ र काममा केही उल्झन आउन सक्छ। बेसुरमा दिइएको वचनले समस्या निम्त्याउन सक्छ। व्यवसायमा श्रमअनुसार सोचेको फाइदा नहुन सक्छ। वादविवादले भाेगाधिकार गुम्न सक्छ, सजग रहनुहाेला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्य फाइदा उठाउन सकिनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु परास्त हुनेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई समेत पछि पार्न सकिनेछ।
तपाईको दिन शुभ रहोस् ।
२०८० जेठ ६ गते शनिबारको मौसम
मौसम पूर्वानुमान महाशाखाको प्रकाशित बुलेटिन अनुसार
शनिबार दिउँसो : – देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। गण्डकी प्रदेशको केही स्थानहरुमा तथा बाँकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र मधेश प्रदेशको तराईका केही स्थानहरुमा हावा-हुरीको समेत सम्भावना रहेको छ ।मान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
शनिबार राती :– कोशी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशको पहाडी भू-भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।