शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

रामनवमीमा बन्दै तीन ग्रहको योग

शुक्रवार , चैत्र १०, २०७९

काठमाडौँ,१० चैत - यस पटक रामनवमी २०७९ मा विशेष योग बनेको छ । जसको प्रभाव कतिपय राशिमा पर्नेछ । यो योगको प्रभावले यी राशिका व्यक्तिहरुलाई धन लाभ हुनेछ । यस्तो अवस्थामा भगवान रामको साथमा माता दुर्गाको कृपा राशिमा बढी रहनेछ ।

सिंह राशि :- चैत्र नवरात्रीदेखि रामनवमीसम्म सुख मात्रै भेटिन्छ । श्रीरामको कृपाले हरेक क्षेत्रमा सफलता मिल्नेछ । ऋणबाट मुक्ति मिल्दा आम्दानीका नयाँ विकल्पहरू सिर्जना हुनेछन् । यसका साथै व्यापार र जागिरमा पनि लाभ मिल्नेछ ।

वृष राशि:- चैत्र रामनवमीको दिन यो राशिका लागि शुभ रहनेछ । नयाँ काम र लगानीका लागि यो दिन राम्रो साबित हुनेछ । रोकिएका काम सुचारु रुपमा सुरु हुनेछन् । यससँगै आर्थिक अवस्था पनि मजबुत हुनेछ ।

तुला राशि:- तुला राशिका मानिसहरूलाई रामनवमीको दिन शुभ समाचार मिल्ने छ । परिवारसँग राम्रो समय बित्नेछ । अविवाहितहरूका लागि विवाहको प्रस्ताव आउन सक्छ । आम्दानीको साधन मिल्नेछ । आर्थिक अवस्था मजबुत रहनेछ र समाजमा मान सम्मान बढ्नेछ ।

प्रतिक्रिया