काठमाडौं,२८ माघ– नेपाल राष्ट्र बैंकले २०७९ साल माघ २८ गते शनिवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३१ रुपैयाँ ७० पैसा र विक्रीदर १३२ रुपैयाँ ३० पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ ९५ पैसा र विक्रीदर १४१ रुपैयाँ ५९ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ ५० पैसा र विक्रीदर १६० रुपैयाँ २३ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४३ रुपैयाँ ७० पैसा र विक्रीदर १४३ रुपैयाँ ३५ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ २३ पैसा र विक्रीदर ९१ रुपैयाँ ६४ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ९४ पैसा र विक्रीदर ९८ रुपैयाँ ३९ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९९ रुपैयाँ १५ पैसा र विक्रीदर ९९ रुपैयाँ ६० पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ०५ पैसा र विक्रीदर १० रुपैयाँ १० पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ ३४ पैसा र विक्रीदर १९ रुपैयाँ ४३ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ १० पैसा र विक्रीदर ३५ रुपैयाँ २६ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ११ पैसा र विक्रीदर ३६ रुपैयाँ २७ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ९० पैसा र विक्रीदर ३ रुपैयाँ ९१ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ८६ पैसा र विक्रीदर ३६ रुपैयाँ ०२ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर ३० रुपैयाँ ४० पैसा र विक्रीदर ३० रुपैयाँ ५४ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ३९ पैसा र विक्रीदर १० रुपैयाँ ४३ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६४ पैसा र विक्रीदर १२ रुपैयाँ ७० पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ९३ पैसा र विक्रीदर १९ रुपैयाँ ०२ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ७८ पैसा र विक्रीदर १६ रुपैयाँ ८५ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३० रुपैयाँ ७० पैसा र विक्रीदर ४३२ रुपैयाँ ६ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ ४० पैसा र विक्रीदर ३५० रुपैयाँ ९९ पैसा रहेको छ ।
