काठमाडौं,१९ माघ– नेपाल राष्ट्र बैंकले २०७९ साल माघ १९ गते बुधवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३० रुपैयाँ ७८ पैसा र विक्रीदर १३१ रुपैयाँ ३८ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४२ रुपैयाँ ४३ पैसा र विक्रीदर १४३ रुपैयाँ ०८ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६१ रुपैयाँ १६ पैसा र विक्रीदर १६१ रुपैयाँ ९० पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४२ रुपैयाँ ७४ पैसा र विक्रीदर १४३ रुपैयाँ ४० पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ५७ पैसा र विक्रीदर ९३ रुपैयाँ ०० पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९८ रुपैयाँ २३ पैसा र विक्रीदर ९८ रुपैयाँ ६९ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९९ रुपैयाँ ६४ पैसा र विक्रीदर १०० रुपैयाँ १० पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ०७ पैसा र विक्रीदर १० रुपैयाँ १२ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ ४० पैसा र विक्रीदर १९ रुपैयाँ ४९ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३४ रुपैयाँ ८५ पैसा र विक्रीदर ३५ रुपैयाँ ०१ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ७० पैसा र विक्रीदर ३५ रुपैयाँ ५७ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ९८ पैसा र विक्रीदर ४ रुपैयाँ ०० पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ६१ पैसा र विक्रीदर ३५ रुपैयाँ ७७ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर ३० रुपैयाँ ६६ पैसा र विक्रीदर ३० रुपैयाँ ८० पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ६४ पैसा र विक्रीदर १० रुपैयाँ ६९ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५५ पैसा र विक्रीदर १२ रुपैयाँ ६१ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ १४ पैसा र विक्रीदर १९ रुपैयाँ २३ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ६८ पैसा र विक्रीदर १६ रुपैयाँ ७५ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४२८ रुपैयाँ ४४ पैसा र विक्रीदर ४३० रुपैयाँ ४० पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ९२ पैसा र विक्रीदर ३४८ रुपैयाँ ५१ पैसा रहेको छ ।
