काठमाडौं,१७ माघ– नेपाल राष्ट्र बैंकले २०७९ साल माघ १७ गते मंगलवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३० रुपैयाँ १० पैसा र विक्रीदर १३० रुपैयाँ ७० पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ९४ पैसा र विक्रीदर १४२ रुपैयाँ ५९ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६१ रुपैयाँ ५१ पैसा र विक्रीदर १६२ रुपैयाँ २५ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४१ रुपैयाँ ६४ पैसा र विक्रीदर १४२ रुपैयाँ २९ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ २९ पैसा र विक्रीदर ९२ रुपैयाँ ७२ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ६८ पैसा र विक्रीदर ९८ रुपैयाँ १३ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९९ रुपैयाँ २० पैसा र विक्रीदर ९९ रुपैयाँ ६६ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ०२ पैसा र विक्रीदर १० रुपैयाँ ०६ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ २७ पैसा र विक्रीदर १९ रुपैयाँ ३६ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३४ रुपैयाँ ६६ पैसा र विक्रीदर ३४ रुपैयाँ ८२ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ५२ पैसा र विक्रीदर ३५ रुपैयाँ ६८ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ९८ पैसा र विक्रीदर ४ रुपैयाँ ०० पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ४२ पैसा र विक्रीदर ३५ रुपैयाँ ५८ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर ३० रुपैयाँ ६६ पैसा र विक्रीदर ३० रुपैयाँ ८० पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ६० पैसा र विक्रीदर १० रुपैयाँ ६५ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६३ पैसा र विक्रीदर १२ रुपैयाँ ६८ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ०८ पैसा र विक्रीदर १९ रुपैयाँ १७ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ६० पैसा र विक्रीदर १६ रुपैयाँ ६८ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४२६ रुपैयाँ २४ पैसा र विक्रीदर ४२८ रुपैयाँ २० पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४५ रुपैयाँ ०८ पैसा र विक्रीदर ३४६ रुपैयाँ ६७ पैसा रहेको छ ।
