काठमाडौं,१३ माघ – नेपाल राष्ट्र बैंकले २०७९ साल माघ १३ गते शुक्रवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३० रुपैयाँ २५ पैसा र विक्रीदर १३० रुपैयाँ ८५ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ९५ पैसा र विक्रीदर १४२ रुपैयाँ ६१ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६१ रुपैयाँ ३७ पैसा र विक्रीदर १६१ रुपैयाँ ११ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४१ रुपैयाँ ७५ पैसा र विक्रीदर १४२ रुपैयाँ ४० पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ५९ पैसा र विक्रीदर ९३ रुपैयाँ ०२ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ २६ पैसा र विक्रीदर ९७ रुपैयाँ ७१ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९९ रुपैयाँ २४ पैसा र विक्रीदर ९९ रुपैयाँ ७० पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ०३ पैसा र विक्रीदर १० रुपैयाँ ०८ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ २० पैसा र विक्रीदर १९ रुपैयाँ २९ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३४ रुपैयाँ ७० पैसा र विक्रीदर ३४ रुपैयाँ ८६ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र विक्रीदर ३५ रुपैयाँ ९१ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ९७ पैसा र विक्रीदर ३ रुपैयाँ ९९ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ४६ पैसा र विक्रीदर ३५ रुपैयाँ ६३ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर ३० रुपैयाँ ६८ पैसा र विक्रीदर ३० रुपैयाँ ८२ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ५७ पैसा र विक्रीदर १० रुपैयाँ ६२ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७२ पैसा र विक्रीदर १२ रुपैयाँ ७८ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ०८ पैसा र विक्रीदर १९ रुपैयाँ १७ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ६४ पैसा र विक्रीदर १६ रुपैयाँ ७१ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४२६ रुपैयाँ ८५ पैसा र विक्रीदर ४२८ रुपैयाँ ८२ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४५ रुपैयाँ ४७ पैसा र विक्रीदर ३४७ रुपैयाँ ०६ पैसा रहेको छ ।
