बि.सं. २०७९ माघ १२ गते बिहीवार ई.सं.२०२३ जनवरी २६ नेपाल सम्बत ११४३ सिल्लाथ्व पञ्चमी, नल नामक संवत्सर, सूर्य उत्तरायणं शिशिर ऋतु, माघ शुक्ल पञ्चमी, चन्द्रमा मीन राशिमा उत्तरभाद्र नक्षत्र, शिव योग, बालव करण । नेपालमा सुर्योदय बिहान ६: ५३ बजे, सूर्यास्त साँझ ५: ३९ बजे हुनेछ । आज जन्म लिने बच्चा मीन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।
आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६ बजेर ५३ मिनेट देखि ०८ बजेर १४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । वसन्त पञ्चमी व्रत/सरस्वती पूजा तथा अन्तर्राष्ट्रिय भन्सार दिवसको सम्पूर्णलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :- समयमा होसियार बन्न नसक्दा खर्च बढ्नेछ। आकस्मिक समस्याले अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुर्याउँदा केही चुनौती झेल्नुपर्ला। समयको प्रतिकूलताले काम बिग्रन सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउला। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। आवश्यक पर्दा शुभचिन्तकहरू समेत टाढा हुनेछन्।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :- नियमित काम गर्दै नयाँ कामसमेत प्रारम्भ गर्न सकिनेछ। व्यापार बढ्नेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि, पशुपालन तथा पेसा–व्यवसायमा लाभ हुनेछ। सट्टापट्टा तथा चल-अचल धनको उपयोगबाट फाइदा उठाउन सकिनेछ। मिहिनेतले सफलता दिलाउनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। नोकरी तथा व्यवसायमा विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने मौका प्राप्त हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :- श्रम परे पनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। तारिफयोग्य काम गर्दै अरूको उपकार गर्न सकिनेछ। धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ। आजको मिहिनेतले दिगाे फाइदा दिलाउनेछ। साथीभाइको सहयोगले उत्साह जगाउनेछ। नयाँ योजनासमेत कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :- प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। आम्दानी रोकिनाले योजना स्थगन हुन सक्छ। लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ। काम बिग्रने भयले सताउनेछ परिस्थितिले चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। सानो कमजोरीले सुनिश्चित प्रतिफलसमेत हातपार्न नसकिएला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :- घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। आँटेका काममा साथीभाइबाट सहयोग मिल्नेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :- स्रोतसाधन जुट्नाले मेहनतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने नयाँ काम प्रारम्भ हुनेछ। रोकिएका काम बन्नाले काममा उत्साह जाग्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :-प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। शुभचिन्तकहरूकाे साथ–सहयाेग पनि प्राप्त हुनेछ। विद्यार्थीहरूकाे पढाइलेखाइमा प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। प्रतिभा प्रदर्शन गर्दै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। गुरुजन र सन्तानको सहयोग लाभदायी बन्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :- हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। काम बिग्रने डरले सताउनेछ। अरूको फाइदाका लागि उपयोग भइएला। महत्त्वाकांक्षी योजना गोप्य राख्नुहोला। साथीभाइ टाढिनाले रोकिएको काम बनाउन समस्या पर्ला। साझेदारीतर्फ सामान्य मतभेदले पहिलेको सम्झौता भंग हुन सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :- हिम्मतले काम बन्नेछ। लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। छोटो समयमा उपलब्धि हातलागी हुनेछ। स्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :- मान–सम्मान पाइने समय छ। बोलीको भरमा चिताएको काम बन्नेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष समारोहमा सहभागी बन्ने मौका मिल्न सक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :- प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ। नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ।
तपाईको दिन शुभ रहोस् ।
२०७९ माघ १२ गते बिहीवारको मौसम
मौसम पूर्वानुमान महाशाखाको प्रकाशित बुलेटिन अनुसार हाल देशमा पश्चिमी निम्न चापीय प्रणाली आंशिक प्रभाव रहेको छ। गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहेको छ।
बिहीवार दिउँसो : – प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदलीका साथै गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
बिहीवार राती :– प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।