शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज माघ १० गते मंगलवार विदेशी मुद्राको विनिमयदर

मंगलवार , माघ १०, २०७९

काठमाडौं,१० माघ– नेपाल राष्ट्र बैंकले २०७९ साल माघ १० गते मंगलवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२९ रुपैयाँ ९३ पैसा र विक्रीदर १३० रुपैयाँ ५३ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ४७ पैसा र विक्रीदर १४२ रुपैयाँ ४७ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६१ रुपैयाँ २२ पैसा र विक्रीदर १६१ रुपैयाँ ९६ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४१ रुपैयाँ ६७ पैसा र विक्रीदर १४२ रुपैयाँ ३३ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ०८ पैसा र विक्रीदर ९१ रुपैयाँ ५० पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ३२ पैसा र विक्रीदर ९७ रुपैयाँ ७७ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैयाँ ७२ पैसा र विक्रीदर ९९ रुपैयाँ १८ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ०१ पैसा र विक्रीदर १० रुपैयाँ ०६ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ १५ पैसा र विक्रीदर १९ रुपैयाँ २४ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३४ रुपैयाँ ६० पैसा र विक्रीदर ३४ रुपैयाँ ७६ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ५३ पैसा र विक्रीदर ३५ रुपैयाँ ७० पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ९७ पैसा र विक्रीदर ३ रुपैयाँ ९९ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ३७ पैसा र विक्रीदर ३५ रुपैयाँ ५४ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर ३० रुपैयाँ ३२ पैसा र विक्रीदर ३० रुपैयाँ ६६ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ५९ पैसा र विक्रीदर १० रुपैयाँ ६४ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७२ पैसा र विक्रीदर १२ रुपैयाँ ७८ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ०६ पैसा र विक्रीदर १९ रुपैयाँ १५ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ६० पैसा र विक्रीदर १६ रुपैयाँ ६७ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४२५ रुपैयाँ ६९ पैसा र विक्रीदर ४२७ रुपैयाँ ६६ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४४ रुपैयाँ ६६ पैसा र विक्रीदर ३४६ रुपैयाँ २६ पैसा रहेको छ ।

प्रतिक्रिया