शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज माघ ०४ गते बुधवार विदेशी मुद्राको विनिमयदर

बुधवार , माघ ४, २०७९

काठमाडौं,०४ माघ– नेपाल राष्ट्र बैंकले २०७९ साल पुस ०४ गते बुधवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३० रुपैयाँ ५२ पैसा र विक्रीदर १३१ रुपैयाँ १२ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ १७ पैसा र विक्रीदर १४१ रुपैयाँ ८२ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ ४० पैसा र विक्रीदर १६० रुपैयाँ १३ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४१ रुपैयाँ ३२ पैसा र विक्रीदर १४१ रुपैयाँ ९७ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ६६ पैसा र विक्रीदर ९१ रुपैयाँ ०८ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ २० पैसा र विक्रीदर ९७ रुपैयाँ ६५ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैयाँ ६१ पैसा र विक्रीदर ९९ रुपैयाँ ०६ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ १३ पैसा र विक्रीदर १० रुपैयाँ १८ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ २६ पैसा र विक्रीदर १९ रुपैयाँ ३५ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३४ रुपैयाँ ७५ पैसा र विक्रीदर ३४ रुपैयाँ ९१ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ७९ पैसा र विक्रीदर ३५ रुपैयाँ ९६ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ९४ पैसा र विक्रीदर ३ रुपैयाँ ९६ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ५३ पैसा र विक्रीदर ३५ रुपैयाँ ७० पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर ३० रुपैयाँ १७ पैसा र विक्रीदर ३० रुपैयाँ ३१ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ५४ पैसा र विक्रीदर १० रुपैयाँ ५९ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५१ पैसा र विक्रीदर १२ रुपैयाँ ५६ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ९७ पैसा र विक्रीदर १९ रुपैयाँ ०६ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ६९ पैसा र विक्रीदर १६ रुपैयाँ ७७ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४२७ रुपैयाँ ३९ पैसा र विक्रीदर ४२९ रुपैयाँ ३५ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ २८ पैसा र विक्रीदर ३४७ रुपैयाँ ८७ पैसा रहेको छ ।

प्रतिक्रिया