शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज माघ ०२ गते सोमवार विदेशी मुद्राको विनिमयदर

सोमवार , माघ २, २०७९

काठमाडौं,०२ माघ– नेपाल राष्ट्र बैंकले २०७९ साल पुस ०२ गते सोमवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२९ रुपैयाँ ८३ पैसा र विक्रीदर १३० रुपैयाँ ४३ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ ६१ पैसा र विक्रीदर १४१ रुपैयाँ २६ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १५८ रुपैयाँ ७९ पैसा र विक्रीदर १५९ रुपैयाँ ५२ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४० रुपैयाँ १० पैसा र विक्रीदर १४० रुपैयाँ ७५ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ५८ पैसा र विक्रीदर ९१ रुपैयाँ ०० पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ९० पैसा र विक्रीदर ९७ रुपैयाँ ३५ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैयाँ ४० पैसा र विक्रीदर ९८ रुपैयाँ ८६ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ १५ पैसा र विक्रीदर १० रुपैयाँ २० पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ ३७ पैसा र विक्रीदर १९ रुपैयाँ ४६ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३४ रुपैयाँ ५७ पैसा र विक्रीदर ३४ रुपैयाँ ७३ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ४४ पैसा र विक्रीदर ३५ रुपैयाँ ६१ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ९५पैसा र विक्रीदर ३ रुपैयाँ ९७ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ३५ पैसा र विक्रीदर ३५ रुपैयाँ ५१ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २९ रुपैयाँ ९४ पैसा र विक्रीदर ३० रुपैयाँ ०८ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ४९ पैसा र विक्रीदर १० रुपैयाँ ५४ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४८ पैसा र विक्रीदर १२ रुपैयाँ ५४ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ९० पैसा र विक्रीदर १८ रुपैयाँ ९९ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ६२ पैसा र विक्रीदर १६ रुपैयाँ ७० पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४२५ रुपैयाँ ३९ पैसा र विक्रीदर ४२७ रुपैयाँ ३६ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४४ रुपैयाँ ३८ पैसा र विक्रीदर ३४५ रुपैयाँ ९७ पैसा रहेको छ ।

 

प्रतिक्रिया