काठमाडौं, ३० पुस – नेपाल राष्ट्र बैंकले २०७९ साल पुस ३० गते शनिवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२९ रुपैयाँ ८३ पैसा र विक्रीदर १३० रुपैयाँ ४३ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ ८५ पैसा र विक्रीदर १४१ रुपैयाँ ५० पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १५८ रुपैयाँ ८८ पैसा र विक्रीदर १५९ रुपैयाँ ६१ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३९ रुपैयाँ ८७ पैसा र विक्रीदर १४० रुपैयाँ ५२ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ६१ पैसा र विक्रीदर ९१ रुपैयाँ ०३ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ९४ पैसा र विक्रीदर ९७ रुपैयाँ ३९ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैयाँ २७ पैसा र विक्रीदर ९७ रुपैयाँ ७२ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ११ पैसा र विक्रीदर १० रुपैयाँ १५ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ ३३ पैसा र विक्रीदर १९ रुपैयाँ ४२ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३४ रुपैयाँ ५७ पैसा र विक्रीदर ३४ रुपैयाँ ७३ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ६० पैसा र विक्रीदर ३५ रुपैयाँ ६७ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ९४ पैसा र विक्रीदर ३ रुपैयाँ ९६ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ३५ पैसा र विक्रीदर ३५ रुपैयाँ ५१ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २९ रुपैयाँ ९४ पैसा र विक्रीदर ३० रुपैयाँ ०८ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ४९ पैसा र विक्रीदर १० रुपैयाँ ५४ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५० पैसा र विक्रीदर १२ रुपैयाँ ५५ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ९३ पैसा र विक्रीदर १९ रुपैयाँ ०२ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ६२ पैसा र विक्रीदर १६ रुपैयाँ ७० पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४२५ रुपैयाँ ४५ पैसा र विक्रीदर ४२७ रुपैयाँ ४२ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४४ रुपैयाँ ४६ पैसा र विक्रीदर ३४६ रुपैयाँ ०५ पैसा रहेको छ ।
