काठमाडौं, २७ पुस – नेपाल राष्ट्र बैंकले २०७९ साल पुस २७ गते बुधवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३० रुपैयाँ ५६ पैसा र विक्रीदर १३१ रुपैयाँ १६ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ २३ पैसा र विक्रीदर १४० रुपैयाँ ८८ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १५८ रुपैयाँ ९७ पैसा र विक्रीदर १५९ रुपैयाँ ७० पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४१ रुपैयाँ ८८ पैसा र विक्रीदर १४२ रुपैयाँ ५३ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ०९ पैसा र विक्रीदर ९० रुपैयाँ ५० पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ५५ पैसा र विक्रीदर ९८ रुपैयाँ ०० पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैयाँ १२ पैसा र विक्रीदर ९८ रुपैयाँ ५७ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ९० पैसा र विक्रीदर ९ रुपैयाँ ९५ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ २७ पैसा र विक्रीदर १९ रुपैयाँ ३६ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३४ रुपैयाँ ७७ पैसा र विक्रीदर ३५ रुपैयाँ ९३ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ७५ पैसा र विक्रीदर ३५ रुपैयाँ ९१ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ९० पैसा र विक्रीदर ३ रुपैयाँ ९१ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ५५ पैसा र विक्रीदर ३५ रुपैयाँ ७१ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २९ रुपैयाँ ८६ पैसा र विक्रीदर २९ रुपैयाँ ९९ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ४९ पैसा र विक्रीदर १० रुपैयाँ ५४ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५५ पैसा र विक्रीदर १२ रुपैयाँ ६१ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ८५ पैसा र विक्रीदर १८ रुपैयाँ ९४ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ७२ पैसा र विक्रीदर १६ रुपैयाँ ८० पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४२६ रुपैयाँ ९० पैसा र विक्रीदर ४२८ रुपैयाँ ८७ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ३१ पैसा र विक्रीदर ३४७ रुपैयाँ ९० पैसा रहेको छ ।
