काठमाडौं, २८ मंसिर – नेपाल राष्ट्र बैंकले २०७९ साल मंसिर २८ गते बुधवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैयाँ २० पैसा र विक्रीदर १३२ रुपैयाँ ८० पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३९ रुपैयाँ २३ पैसा र विक्रीदर १३९ रुपैयाँ ८६ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६२ रुपैयाँ १५ पैसा र विक्रीदर १६२ रुपैयाँ ८९ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४१ रुपैयाँ ०४ पैसा र विक्रीदर १४१ रुपैयाँ ६८ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ २० पैसा र विक्रीदर ८९ रुपैयाँ ६९ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ९८ पैसा र विक्रीदर ९७ रुपैयाँ ४२ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९७ रुपैयाँ ४५ पैसा र विक्रीदर ९७ रुपैयाँ ९० पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ५९ पैसा र विक्रीदर ९ रुपैयाँ ६४ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ९४ पैसा र विक्रीदर १९ रुपैयाँ ०३ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ १६ पैसा र विक्रीदर ३५ रुपैयाँ ३२ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ०२ पैसा र विक्रीदर ३६ रुपैयाँ १८ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ८० पैसा र विक्रीदर ३ रुपैयाँ ८१ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ९९ पैसा र विक्रीदर ३६ रुपैयाँ १६ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २९ रुपैयाँ ८५ पैसा र विक्रीदर २९ रुपैयाँ ९८ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ १० पैसा र विक्रीदर १० रुपैयाँ १५ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७९ पैसा र विक्रीदर १२ रुपैयाँ ८५ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ७१ पैसा र विक्रीदर १८ रुपैयाँ ८० पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९९ पैसा र विक्रीदर १७ रुपैयाँ ०७ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३० रुपैयाँ ७३ पैसा र विक्रीदर ४३२ रुपैयाँ ६९ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ६८ पैसा र विक्रीदर ३५२ रुपैयाँ २७ पैसा रहेको छ ।
