काठमाडौं, २६ मंसिर – नेपाल राष्ट्र बैंकले २०७९ साल मंसिर २७ गते मंगवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३१ रुपैयाँ ७६ पैसा र विक्रीदर १३२ रुपैयाँ ७६ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३९ रुपैयाँ १२ पैसा र विक्रीदर १३९ रुपैयाँ ७५ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६१ रुपैयाँ ७२ पैसा र विक्रीदर १६२ रुपैयाँ ४५ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४१ रुपैयाँ १८ पैसा र विक्रीदर १४१ रुपैयाँ ८२ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४० पैसा र विक्रीदर ८९ रुपैयाँ ८१ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ४४ पैसा र विक्रीदर ९६ रुपैयाँ ८८ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९७ रुपैयाँ ४४ पैसा र विक्रीदर ९७ रुपैयाँ ८९ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ६४ पैसा र विक्रीदर ९ रुपैयाँ ६८ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ८९ पैसा र विक्रीदर १८ रुपैयाँ ९८ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ०४ पैसा र विक्रीदर ३५ रुपैयाँ २० पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ०६ पैसा र विक्रीदर ३६ रुपैयाँ २२ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ७९ पैसा र विक्रीदर ३ रुपैयाँ ८१ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ८७ पैसा र विक्रीदर ३६ रुपैयाँ ०२ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २९ रुपैयाँ ८३ पैसा र विक्रीदर २९ रुपैयाँ ९७ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ०९ पैसा र विक्रीदर १० रुपैयाँ १४ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७६ पैसा र विक्रीदर १२ रुपैयाँ ८२ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ७१ पैसा र विक्रीदर १८ रुपैयाँ ७९ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९६ पैसा र विक्रीदर १७ रुपैयाँ ०४ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४२९ रुपैयाँ ५५ पैसा र विक्रीदर ४३१ रुपैयाँ ५१ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ ५१ पैसा र विक्रीदर ३५१ रुपैयाँ ११ पैसा रहेको छ ।
