काठमाडौं, २५ मंसिर – नेपाल राष्ट्र बैंकले २०७९ साल मंसिर २५ गते आइतवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३१ रुपैयाँ ३४ पैसा र विक्रीदर १३१ रुपैयाँ ९४ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३८ रुपैयाँ ६६ पैसा र विक्रीदर १३९ रुपैयाँ २९ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ ८९ पैसा र विक्रीदर १६१ रुपैयाँ ६३ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४० रुपैयाँ ६२ पैसा र विक्रीदर १४१ रुपैयाँ २६ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ७९ पैसा र विक्रीदर ८८ रुपैयाँ २० पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ३१ पैसा र विक्रीदर ९६ रुपैयाँ ७५ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९७ रुपैयाँ १३ पैसा र विक्रीदर ९७ रुपैयाँ ५७ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ६५ पैसा र विक्रीदर ९ रुपैयाँ ६९ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ८९ पैसा र विक्रीदर १८ रुपैयाँ ९८ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३४ रुपैयाँ ९३ पैसा र विक्रीदर ३५ रुपैयाँ ०९ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ८९ पैसा र विक्रीदर ३६ रुपैयाँ ०६ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ७७ पैसा र विक्रीदर ३ रुपैयाँ ७९ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ७६ पैसा र विक्रीदर ३५ रुपैयाँ ९२ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २९ रुपैयाँ ८२ पैसा र विक्रीदर २९ रुपैयाँ ९५ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ०८ पैसा र विक्रीदर १० रुपैयाँ १२ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७१ पैसा र विक्रीदर १२ रुपैयाँ ७७ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ६४ पैसा र विक्रीदर १८ रुपैयाँ ७३ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ८६ पैसा र विक्रीदर १६ रुपैयाँ ९४ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४२८ रुपैयाँ २५ पैसा र विक्रीदर ४३० रुपैयाँ २१ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४८ रुपैयाँ ४० पैसा र विक्रीदर ३४९ रुपैयाँ ९९ पैसा रहेको छ ।
