काठमाडौं, १६ मंसिर – नेपाल राष्ट्र बैंकले २०७९ साल मंसिर १६ गते शुक्रवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२९ रुपैयाँ ६५ पैसा र विक्रीदर १३१ रुपैयाँ २५ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३५ रुपैयाँ ३५ पैसा र विक्रीदर १३५ रुपैयाँ ९८ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १५७ रुपैयाँ ४८ पैसा र विक्रीदर १५८ रुपैयाँ २१ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३७ रुपैयाँ ३४ पैसा र विक्रीदर १३७ रुपैयाँ ९८ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ २७ पैसा र विक्रीदर ८८ रुपैयाँ ६७ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ५८ पैसा र विक्रीदर ९७ रुपैयाँ ०३ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९५ रुपैयाँ ४५ पैसा र विक्रीदर ९५ रुपैयाँ ९० पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ५१ पैसा र विक्रीदर ९ रुपैयाँ ५५ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ २९ पैसा र विक्रीदर १८ रुपैयाँ ३७ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३४ रुपैयाँ ४९ पैसा र विक्रीदर ३४ रुपैयाँ ६५ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ४८ पैसा र विक्रीदर ३५ रुपैयाँ ६५ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ७१ पैसा र विक्रीदर ३ रुपैयाँ ७२ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ३० पैसा र विक्रीदर ३५ रुपैयाँ ४६ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २९ रुपैयाँ ४३ पैसा र विक्रीदर २९ रुपैयाँ ५७ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ९३ पैसा र विक्रीदर ९ रुपैयाँ ९८ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३८ पैसा र विक्रीदर १२ रुपैयाँ ४४ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ २० पैसा र विक्रीदर १८ रुपैयाँ २९ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ६६ पैसा र विक्रीदर १६ रुपैयाँ ७३ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४२२ रुपैयाँ ०७ पैसा र विक्रीदर ४२४ रुपैयाँ ०२ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४३ रुपैयाँ ९८ पैसा र विक्रीदर ३४५ रुपैयाँ ४९ पैसा रहेको छ ।
