काठमाडौं, १३ मंसिर – नेपाल राष्ट्र बैंकले २०७९ साल मंसिर १३ गते मंगलवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३० रुपैयाँ ३८ पैसा र विक्रीदर १३० रुपैयाँ ९८ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३६ रुपैयाँ १८ पैसा र विक्रीदर १३६ रुपैयाँ ८१ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १५७ रुपैयाँ ५६ पैसा र विक्रीदर १५८ रुपैयाँ २९ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३८ रुपैयाँ ३० पैसा र विक्रीदर १३८ रुपैयाँ ९४ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ३२ पैसा र विक्रीदर ८८ रुपैयाँ ७२ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ९८ पैसा र विक्रीदर ९७ रुपैयाँ ४२ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९४ रुपैयाँ ८९ पैसा र विक्रीदर ९५ रुपैयाँ ३३ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ४६ पैसा र विक्रीदर ९ रुपैयाँ ५० पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ १२ पैसा र विक्रीदर १८ रुपैयाँ २० पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३४ रुपैयाँ ७० पैसा र विक्रीदर ३४ रुपैयाँ ८६ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ६९ पैसा र विक्रीदर ३५ रुपैयाँ ८५ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६७ पैसा र विक्रीदर ३ रुपैयाँ ६८ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ५० पैसा र विक्रीदर ३५ रुपैयाँ ६६ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २९ रुपैयाँ १० पैसा र विक्रीदर २९ रुपैयाँ २४ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ७७ पैसा र विक्रीदर ९ रुपैयाँ ८१ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५४ पैसा र विक्रीदर १२ रुपैयाँ ६० पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ३१ पैसा र विक्रीदर १८ रुपैयाँ ४० पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ६९ पैसा र विक्रीदर १६ रुपैयाँ ७७ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४२४ रुपैयाँ २१ पैसा र विक्रीदर ४२६ रुपैयाँ १६ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४५ रुपैयाँ ८१ पैसा र विक्रीदर ३४७ रुपैयाँ ४० पैसा रहेको छ ।
