शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज मंसिर ११ गते आइतवार विदेशी मुद्राको विनिमयदर

आइतवार , मंसिर ११, २०७९

काठमाडौं, ११ मंसिर – नेपाल राष्ट्र बैंकले २०७९ साल मंसिर ११ गते र्आतवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३० रुपैयाँ ४० पैसा र विक्रीदर १३१ रुपैयाँ ०० पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३५ रुपैयाँ ५७ पैसा र विक्रीदर १३६ रुपैयाँ १९ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १५७ रुपैयाँ ५५ पैसा र विक्रीदर १५८ रुपैयाँ २७ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३८ रुपैयाँ ०४ पैसा र विक्रीदर १३८ रुपैयाँ ६८ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ८२ पैसा र विक्रीदर ८८ रुपैयाँ २३ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ५४ पैसा र विक्रीदर ९७ रुपैयाँ ९९ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९४ रुपैयाँ ८४ पैसा र विक्रीदर ९५ रुपैयाँ २७ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ३५ पैसा र विक्रीदर ९ रुपैयाँ ३९ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ १९ पैसा र विक्रीदर १८ रुपैयाँ २७ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३४ रुपैयाँ ७० पैसा र विक्रीदर ३४ रुपैयाँ ८६ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ५७ पैसा र विक्रीदर ३५ रुपैयाँ ७३ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ६४ पैसा र विक्रीदर ३ रुपैयाँ ६६ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ५० पैसा र विक्रीदर ३५ रुपैयाँ ६७ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २९ रुपैयाँ ०९ पैसा र विक्रीदर २९ रुपैयाँ २२ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ८० पैसा र विक्रीदर ९ रुपैयाँ ८४ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५१ पैसा र विक्रीदर १२ रुपैयाँ ५६ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ २३ पैसा र विक्रीदर १८ रुपैयाँ ३२ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ६९ पैसा र विक्रीदर १६ रुपैयाँ ७७ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४२३ रुपैयाँ ९७ पैसा र विक्रीदर ४२५ रुपैयाँ ९२ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४५ रुपैयाँ ८८ पैसा र विक्रीदर ३४७ रुपैयाँ ४८ पैसा रहेको छ ।

प्रतिक्रिया