काठमाडौं, ०८ मंसिर – नेपाल राष्ट्र बैंकले २०७९ साल मंसिर ०८ गते बिहिवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३० रुपैयाँ ६६ पैसा र विक्रीदर १३१ रुपैयाँ २६ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३४ रुपैयाँ ७५ पैसा र विक्रीदर १३५ रुपैयाँ ३७ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १५५ रुपैयाँ ६८ पैसा र विक्रीदर १५६ रुपैयाँ ४० पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३७ रुपैयाँ २६ पैसा र विक्रीदर १३७ रुपैयाँ ८९ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८९ पैसा र विक्रीदर ८७ रुपैयाँ २९ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ५५ पैसा र विक्रीदर ९८ रुपैयाँ ०० पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९४ रुपैयाँ ४२ पैसा र विक्रीदर ९४ रुपैयाँ ८५ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ २४ पैसा र विक्रीदर ९ रुपैयाँ २८ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ २६ पैसा र विक्रीदर १८ रुपैयाँ ३४ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३४ रुपैयाँ ७६ पैसा र विक्रीदर ३४ रुपैयाँ ९२ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ७० पैसा र विक्रीदर ३५ रुपैयाँ ८६ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६० पैसा र विक्रीदर ३ रुपैयाँ ६२ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ५७ पैसा र विक्रीदर ३५ रुपैयाँ ७४ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ५६ पैसा र विक्रीदर २८ रुपैयाँ ६९ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ६६ पैसा र विक्रीदर ९ रुपैयाँ ७१ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३३ पैसा र विक्रीदर १२ रुपैयाँ ३८ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ १२ पैसा र विक्रीदर १८ रुपैयाँ २० पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ७२ पैसा र विक्रीदर १६ रुपैयाँ ७९ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४२४ रुपैयाँ १९ पैसा र विक्रीदर ४२६ रुपैयाँ १४ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ५८ पैसा र विक्रीदर ३४८ रुपैयाँ १७ पैसा रहेको छ ।
