काठमाडौं, ०६ मंसिर – नेपाल राष्ट्र बैंकले २०७९ साल मंसिर ०६ गते मंगलवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३० रुपैयाँ ६५ पैसा र विक्रीदर १३१ रुपैयाँ २५ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३३ रुपैयाँ ७५ पैसा र विक्रीदर १३४ रुपैयाँ ३७ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १५४ रुपैयाँ ३४ पैसा र विक्रीदर १५५ रुपैयाँ ०५ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३६ रुपैयाँ २७ पैसा र विक्रीदर १३६ रुपैयाँ ९० पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ४६ पैसा र विक्रीदर ८६ रुपैयाँ ८६ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ २९ पैसा र विक्रीदर ९७ रुपैयाँ ७३ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९४ रुपैयाँ ५५ पैसा र विक्रीदर ९४ रुपैयाँ ९९ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ २२ पैसा र विक्रीदर ९ रुपैयाँ २६ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ २३ पैसा र विक्रीदर १८ रुपैयाँ ३१ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३४ रुपैयाँ ७६ पैसा र विक्रीदर ३४ रुपैयाँ ९२ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ७१ पैसा र विक्रीदर ३५ रुपैयाँ ८८ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६१ पैसा र विक्रीदर ३ रुपैयाँ ६२ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ५७ पैसा र विक्रीदर ३५ रुपैयाँ ७३ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ५३ पैसा र विक्रीदर २८ रुपैयाँ ६६ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ६२ पैसा र विक्रीदर ९ रुपैयाँ ६६ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ १७ पैसा र विक्रीदर १२ रुपैयाँ २३ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ ९८ पैसा र विक्रीदर १८ रुपैयाँ ०६ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ७४ पैसा र विक्रीदर १६ रुपैयाँ ८२ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४२३ रुपैयाँ ८६ पैसा र विक्रीदर ४२५ रुपैयाँ ८० पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ६० पैसा र विक्रीदर ३४८ रुपैयाँ १९ पैसा रहेको छ ।
