काठमाडौं, ०१ बिहिवार – नेपाल राष्ट्र बैंकले आज मंसिर ०१ गते बिहिवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२९ रुपैयाँ ७८ पैसा र विक्रीदर १३० रुपैयाँ ३८ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३५ रुपैयाँ २८ पैसा र विक्रीदर १३५ रुपैयाँ ९१ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १५४ रुपैयाँ ५४ पैसा र विक्रीदर १५५ रुपैयाँ २६ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३८ रुपैयाँ ०३ पैसा र विक्रीदर १३८ रुपैयाँ ६७ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ०३ पैसा र विक्रीदर ८८ रुपैयाँ ४४ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९८ रुपैयाँ ०६ पैसा र विक्रीदर ९८ रुपैयाँ ५२ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९४ रुपैयाँ ९० पैसा र विक्रीदर ९५ रुपैयाँ ३४ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ३१ पैसा र विक्रीदर ९ रुपैयाँ ३६ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३३ पैसा र विक्रीदर १८ रुपैयाँ ४१ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३४ रुपैयाँ ५३ पैसा र विक्रीदर ३४ रुपैयाँ ६९ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ४९ पैसा र विक्रीदर ३५ रुपैयाँ ६५ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६४ पैसा र विक्रीदर ३ रुपैयाँ ६६ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ३३ पैसा र विक्रीदर ३५ रुपैयाँ ५० पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ५५ पैसा र विक्रीदर २८ रुपैयाँ ६९ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ८२ पैसा र विक्रीदर ९ रुपैयाँ ८७ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४६ पैसा र विक्रीदर १२ रुपैयाँ ५२ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ १८ पैसा र विक्रीदर १८ रुपैयाँ २७ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ५९ पैसा र विक्रीदर १६ रुपैयाँ ६७ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४२१ रुपैयाँ २२ पैसा र विक्रीदर ४२३ रुपैयाँ ६७ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४४ रुपैयाँ ३१ पैसा र विक्रीदर ३४५ रुपैयाँ ९० पैसा रहेको छ ।
