काठमाडौं, ३० कात्तिक – नेपाल राष्ट्र बैंकले आज कात्तिक ३० गते बुधवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२९ रुपैयाँ ४६ पैसा र विक्रीदर १३० रुपैयाँ ०६ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३४ रुपैयाँ ७० पैसा र विक्रीदर १३५ रुपैयाँ ३३ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १५३ रुपैयाँ १९ पैसा र विक्रीदर १५३ रुपैयाँ ९० पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३७ रुपैयाँ ८३ पैसा र विक्रीदर १३८ रुपैयाँ ४६ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ५९ पैसा र विक्रीदर ८८ रुपैयाँ ०० पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ५५ पैसा र विक्रीदर ९८ रुपैयाँ ०० पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९४ रुपैयाँ ६८ पैसा र विक्रीदर ९५ रुपैयाँ १२ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ३० पैसा र विक्रीदर ९ रुपैयाँ ३५ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३० पैसा र विक्रीदर १८ रुपैयाँ ४८ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३४ रुपैयाँ ४४ पैसा र विक्रीदर ३४ रुपैयाँ ६० पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ४१ पैसा र विक्रीदर ३५ रुपैयाँ ५७ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६४ पैसा र विक्रीदर ३ रुपैयाँ ६६ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ २५ पैसा र विक्रीदर ३५ रुपैयाँ ४१ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ५३ पैसा र विक्रीदर २८ रुपैयाँ ६६ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ८६ पैसा र विक्रीदर ९ रुपैयाँ ९१ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४६ पैसा र विक्रीदर १२ रुपैयाँ ५२ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ११ पैसा र विक्रीदर १८ रुपैयाँ १९ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ५५ पैसा र विक्रीदर १६ रुपैयाँ ६३ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४२० रुपैयाँ ६८ पैसा र विक्रीदर ४२२ रुपैयाँ ६३ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४३ रुपैयाँ ४९ पैसा र विक्रीदर ३४५ रुपैयाँ ०८ पैसा रहेको छ ।
