काठमाडौं, २५ कात्तिक – नेपाल राष्ट्र बैंकले आज कात्तिक २५ गते शुक्रवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३० रुपैयाँ ६० पैसा र विक्रीदर १३१ रुपैयाँ २० पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३० रुपैयाँ १४ पैसा र विक्रीदर १३० रुपैयाँ ७४ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १४८ रुपैयाँ ६८ पैसा र विक्रीदर १४९ रुपैयाँ ३६ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३२ रुपैयाँ १५ पैसा र विक्रीदर १३२ रुपैयाँ ७५ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ३५ पैसा र विक्रीदर ८३ रुपैयाँ ९२ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ३७ पैसा र विक्रीदर ९६ रुपैयाँ ८२ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९३ रुपैयाँ ०४ पैसा र विक्रीदर ९३ रुपैयाँ ४७ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ९२ पैसा र विक्रीदर ८ रुपैयाँ ९६ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ०१ पैसा र विक्रीदर १८ रुपैयाँ ०९ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३४ रुपैयाँ ७२ पैसा र विक्रीदर ३४ रुपैयाँ ८८ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ७६ पैसा र विक्रीदर ३५ रुपैयाँ ९३ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ५४ पैसा र विक्रीदर ३ रुपैयाँ ५५ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ५६ पैसा र विक्रीदर ३५ रुपैयाँ ७२ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २७ रुपैयाँ ७८ पैसा र विक्रीदर २७ रुपैयाँ ९१ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ४७ पैसा र विक्रीदर ९ रुपैयाँ ५१ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर ११ रुपैयाँ ९५ पैसा र विक्रीदर १२ रुपैयाँ ०१ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ ५० पैसा र विक्रीदर १७ रुपैयाँ ५८ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ६४ पैसा र विक्रीदर १६ रुपैयाँ ७१ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४२२ रुपैयाँ २३ पैसा र विक्रीदर ४२४ रुपैयाँ १७ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४८ रुपैयाँ ०८ पैसा र विक्रीदर ३४८ रुपैयाँ ४१ पैसा रहेको छ ।
