काठमाडौं, २४ कात्तिक – नेपाल राष्ट्र बैंकले आज कात्तिक २४ गते बिहिवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३० रुपैयाँ ०० पैसा र विक्रीदर १३० रुपैयाँ ६० पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३० रुपैयाँ ६९ पैसा र विक्रीदर १३१ रुपैयाँ २९ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १४८ रुपैयाँ ६९ पैसा र विक्रीदर १४९ रुपैयाँ ३८ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३१ रुपैयाँ ९३ पैसा र विक्रीदर १३२ रुपैयाँ ५४ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ २३ पैसा र विक्रीदर ८४ रुपैयाँ ६२ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ६८ पैसा र विक्रीदर ९७ रुपैयाँ १२ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९२ रुपैयाँ ९३ पैसा र विक्रीदर ९३ रुपैयाँ ३६ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ९६ पैसा र विक्रीदर ९ रुपैयाँ ९६ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १७ रुपैयाँ ९४ पैसा र विक्रीदर १८ रुपैयाँ ०२ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३४ रुपैयाँ ५८ पैसा र विक्रीदर ३४ रुपैयाँ ७४ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ४६ पैसा र विक्रीदर ३५ रुपैयाँ ६२ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ५३ पैसा र विक्रीदर ३ रुपैयाँ ५४ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ३९ पैसा र विक्रीदर ३५ रुपैयाँ ५६ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २७ रुपैयाँ ७१ पैसा र विक्रीदर २७ रुपैयाँ ८४ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ५१ पैसा र विक्रीदर ९ रुपैयाँ ५५ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ०६ पैसा र विक्रीदर १२ रुपैयाँ ११ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ ५७ पैसा र विक्रीदर १७ रुपैयाँ ६५ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ५६ पैसा र विक्रीदर १६ रुपैयाँ ४४ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४२० रुपैयाँ ४४ पैसा र विक्रीदर ४२२ रुपैयाँ ३८ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४४ रुपैयाँ ८१ पैसा र विक्रीदर ३४६ रुपैयाँ ४१ पैसा रहेको छ ।
