शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

२०७९ कार्तिक २३ गते बुधबारको राशिफल र मौसम

बुधवार , कार्तिक २३, २०७९

बि.सं. २०७९ कार्तिक २३ गते बुधबार ई.सं.२०२२ नोवेम्बर ९ नेपाल सम्बत ११४२ कछलाथ्व पुन्हि ,नल नामक संवत्सर, सूर्य दक्षिणायन शरद ऋतु, कार्तिक शुक्ल पक्ष चतुर्दशी तिथी, पुर्णिमा मेष राशिफल कृत्तिका नक्षत्र, वरियान योग, कौलव करण । नेपालमा सुर्योदय बिहान ६: १९ बजे, सूर्यास्त साँझ ५: १४ बजे हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको हुनेछ ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा गु्ड खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ६ बजेर १९ मिनेट देखि ७ बजेर ४१ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) :– अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन् । प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ । सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन् । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो ):– आश मारेको फल पुनः प्राप्त हुन सक्छ । गोप्य रहस्य पत्ता लगाउन सकिने समय छ । तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । समय लागे पनि काम सम्पादन हुनेछन् । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह ) :– स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुनेछ । केही चुनौती पनि सामना गर्नुपर्ला । व्यापार व्यवसायमा लाभ हुनेछ । व्यावसाय विस्तारका लागि यात्रा पनि हुनेछ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । विवेकले काम लिने प्रयत्न गर्नुहोला ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ):– सोख पूर्तिका लागि खर्च बढ्ला । दाम्पत्य सम्बन्धमा रमाउने समय छ । प्रेमको बन्धन कसिने बेला छ । दिन मनोरञ्जनपूर्ण रहनेछ । नयाँ काम पाइनेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । आलस्यले गर्दा अवसर गुम्न सक्छ । विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) :– नयाँ ज्ञान सिक्ने मौका छ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । अरूको भरपर्दा काम रोकिन सक्छ । हिम्मत गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पा ) :– रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् । प्रतिस्पर्धामा पनि विजयी भइनेछ । कृषि, पशुधन र अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ । अनुकूल समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, त ) :– ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ । खर्चको मात्रा बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनु पर्ने समय छ । आफ्नै कमजोरीले विवादमा परिनेछ ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) :– माता पिता, मान्यजन वा विशिष्ट व्यक्तिसँग विवादको सम्भावना छ । पठन पाठनमा राम्रै प्रगति हुनेछ । व्यापार लगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ । स्वादिष्ट भोजनमा मन रमाउनेछ । अध्ययनमा मन नलागे पनि आत्मविश्वास बढ्नेछ । रोकिएका काम बिस्तारै बन्नेछन् ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे ) :– पहिलेको सम्झौताले अप्ठ्यारो पार्न सक्छ । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ । भेटघाटको अलमलले नोक्सान पुर्याउन सक्छ । नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि ) :– अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ । कमजोर मानसिकताले पछि परिनेछ भने हिम्मत गर्दा पुरुषार्थी काम सम्पादन हुन सक्छ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द ) :– विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला । पुरानो गतिले काम बिग्रन सक्छ । बेसुरमा बचन दिने बानीले दुःख पाइनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । कृषि चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ । पारिवारिक जमघटमा मन रमाउनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि ) :– समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ । धैर्यसाथ निरन्तरको प्रयत्नले काममा फाइदा हुनेछ ।

तपाईको दिन शुभ रहोस् ।

२०७९ कार्तिक २३ गते बुधबारको मौसम

मौसम पूर्वानुमान महाशाखाको प्रकाशित बुलेटिन अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

बुधबार दिउँसो :– सुदूर-पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको पनि संभावना रहेको छ।

बुधबार राती :- सुदूर-पश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै ती प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि संभावना रहेको छ।

 

 

प्रतिक्रिया