बि.सं. २०७९ कार्तिक १८ गते शुक्रवार ई.सं.२०२२ नोवेम्बर ४ नेपाल सम्बत ११४२ कछलाथ्व एकादशी, नल नामक संवत्सर, सूर्य दक्षिणायन शरद ऋतु,कात्र्तिक शुक्ल पक्ष एकादशी तिथी, चन्द्रमा कुम्भ राशिमा,पुर्वभाद्र नक्षत्र,व्याघात योग, वणिज करण । नेपालमा सुर्योदय बिहान ६: १६ बजे, सूर्यास्त साँझ ५: १८ बजे हुनेछ । आज जन्म लिने बच्चा कुम्भ राशीको हुनेछ ।
आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेरा जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर ३८ मिनेट देखि ०९बजेर ०१ मिनेट सम्म छ । आज हरीबोधिनी एकादशी वत्र रहेको छ । समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) :– चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ । छर छिमेकमा भने केही असमझदारी बढ्ने योग छ । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । परिवारजन तथा बन्धु बान्धवबीच आत्मीय भाव बढ्नेछ । मान्यजनसँग असमझदारी बढ्ला ।
बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो ):– वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । स्थानान्तरण र टाढाको यात्राको सम्भावना छ । समय उत्साहवर्द्धक रहला । नयाँ ज्ञान प्राप्त हुने योग छ । पितृधन समेत लाभ हुनेछ । दिन मनोरञ्जनपूर्ण रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यापार व्यवसायमा विशेष लाभ लिने समय छ । व्यावसायिक यात्राको सम्भावना छ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह ) :– श्रमको उचित मूल्यांकन होला । पढाइमा प्रगति हुनेछ । सामाजिक कामको दायित्व बढ्नेछ । अरूका जिम्मेवारी समेत वहन गर्नुपर्ला । प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूले धोका दिन सक्छन् । प्रयत्न गर्दा गोप्य रहस्य पत्ता लगाउन सकिनेछ । तर, सानातिना काम र घरेलु समस्यामा अल्झनु पर्ने समय छ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ):– सहयोगीले तपाईंको कमजोरी प्रति टिप्पणी वा गुनासो गर्न सक्छन्, सचेत रहनुहोस् । अलि द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउने योग छ । काममा केही प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला । चुनौती सामना गर्नुपर्ला । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) :– आम्दानी बढ्ने र उठ्नु पर्ने रकम हात लागी हुने समय छ । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । भूमि तथा मातृधनबाट लाभ मिल्नेछ । विगतका कमजोरीलाई सुधार गर्न मौका छ । प्रयत्न गर्दा महत्वाकांक्षी योजना फलीभूत होलान् ।
कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पा ) :– सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक तथा परोपकार जन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । धैर्यले काम लिने समय छ । पशुपालन तथा कृषि क्षेत्रबाट भने सामान्य लाभ मिल्ने योग छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ ।
तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, त ) :– स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला । तर, जिम्मेवारी भने बढि रहनेछन् । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । आम्दानी बढ्ने र फाइदा उठाउने समय छ । वैदेशिक यात्राको अवसर आउला । लेनदेनमा विवाद आउने योग छ, सहयोगको तत्परता देखाउनेहरूबाट सजग रहनुहोला ।
बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) :– प्रयास गर्दा रोकिएका बन्नेछन् । नयाँ काम पाइने योग छ । केही मात्रामा खर्च बढ्नेछ । आलस्य जाग्नेछ । काममा लगानीको समय छ । काममा माता पिताको सहयोग प्राप्त होला । कृषि चौपायाबाट लाभ मिल्नेछ । अरूको भर पर्दा धोकामा परिने समय छ, सचेत रहनुहोला । बाध्यतापूर्ण काममै समय बित्न सक्छ ।
धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे ) :– भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । परिवारजनको भरण पोषणमा खर्च बढ्नेछ । उत्साहमा कमी आउला । मातापिता र आफन्तको सहयोगले काम बन्नेछन् र विशेष लाभ उठाउन सकिनेछ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ ।
मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि ) :– व्यावसायिक काममा खर्च बढ्नेछ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । समयमा काम पूरा नहुनाले खिन्नता बढ्ला । सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने समय छ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । आर्जित धन तत्काल खर्च गर्नुपर्ला ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द ) :– पढाइमा राम्रै प्रगति हुनेछ । स्वास्थ्यमा कमजोरी र परिश्रम धेरै गर्नुपर्ने समय छ । तापनि काममा सफलता मिल्नेछ । भाग्योन्नतिको समय छ । अप्रिय समाचारले खिन्नता बढ्न सक्छ । पढाइ लेखाइमा पनि ध्यान दिन नसकिएला । व्यापार व्यवसायमा समेत त्यत्ति फाइदा नहोला । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि ) :– विभिन्न अवसर पाइने समय छ । सोचेको काम समयमा सम्पादन गर्न नसकिने र अवसर फुत्कने सम्भावना देखिन्छ । काममा केही चुनौती देखिए पनि समयको सदुपयोग हुनेछ । धेरैले सहयोगको तत्परता देखाउनेछन् । नसोचेको फाइदा उठाउन सकिनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेमको बन्धन कसिने बेला छ ।
तपाईको दिन शुभ रहोस् ।
२०७९ कार्तिक १८ गते शुक्रबारको मौसम
मौसम पूर्वानुमान महाशाखाको प्रकाशित बुलेटिन अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । प्रदेश १ लगायत बाँकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
शुक्रबार दिउँसो :– सुदुर पश्चिम लगायत बाँकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
शुक्रबार राती :– देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।