काठमाडौं, १६ कात्तिक – नेपाल राष्ट्र बैंकले आज कात्तिक १६ गते बुधवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैयाँ ०२ पैसा र विक्रीदर १३२ रुपैयाँ ६२ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३१ रुपैयाँ ०७ पैसा र विक्रीदर १३१ रुपैयाँ ६७ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १५२ रुपैयाँ ३५ पैसा र विक्रीदर १५३ रुपैयाँ ०४ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३३ रुपैयाँ ०१ पैसा र विक्रीदर १३२ रुपैयाँ ६२ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ १२ पैसा र विक्रीदर ८५ रुपैयाँ ५१ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ४५ पैसा र विक्रीदर ९७ रुपैयाँ ८९ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९३ रुपैयाँ ६१ पैसा र विक्रीदर ९४ रुपैयाँ ०४ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ९७ पैसा र विक्रीदर ९ रुपैयाँ ०१ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ १४ पैसा र विक्रीदर १८ रुपैयाँ २२ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ १३ पैसा र विक्रीदर ३५ रुपैयाँ २९ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ९२ पैसा र विक्रीदर ३६ रुपैयाँ ०८ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ५० पैसा र विक्रीदर ३ रुपैयाँ ५१ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ०४ पैसा र विक्रीदर ३६ रुपैयाँ ११ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २७ रुपैयाँ ८७ पैसा र विक्रीदर २८ रुपैयाँ ०० पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ३२ पैसा र विक्रीदर ९ रुपैयाँ ३६ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ०६ पैसा र विक्रीदर १२ रुपैयाँ ११ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ ६० पैसा र विक्रीदर १७ रुपैयाँ ६८ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ८२ पैसा र विक्रीदर १६ रुपैयाँ ९० पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४२६ रुपैयाँ ४३ पैसा र विक्रीदर ४२८ रुपैयाँ ३७ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ २२ पैसा र विक्रीदर ३५१ रुपैयाँ ८१ पैसा रहेको छ ।
