शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज कात्तिक १४ गते सोमवार विदेशी मुद्राको विनिमयदर

सोमवार , कार्तिक १४, २०७९

काठमाडौं, १४ कात्तिक – नेपाल राष्ट्र बैंकले आज कात्तिक १४ गते सोमवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३१ रुपैयाँ ६६ पैसा र विक्रीदर १३२ रुपैयाँ २६ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३१ रुपैयाँ २० पैसा र विक्रीदर १३१ रुपैयाँ ८० पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १५२ रुपैयाँ ९० पैसा र विक्रीदर १५३ रुपैयाँ ५९ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३२ रुपैयाँ १५ पैसा र विक्रीदर १३२ रुपैयाँ ५५ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ४२ पैसा र विक्रीदर ८४ रुपैयाँ ८१ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ७९ पैसा र विक्रीदर ९७ रुपैयाँ २४ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९३ रुपैयाँ ३२ पैसा र विक्रीदर ९३ रुपैयाँ ७४ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ९३ पैसा र विक्रीदर ८ रुपैयाँ ९७ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ १५ पैसा र विक्रीदर १८ रुपैयाँ २४ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ०३ पैसा र विक्रीदर ३५ रुपैयाँ १९ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ९४ पैसा र विक्रीदर ३६ रुपैयाँ ११ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ४७ पैसा र विक्रीदर ३ रुपैयाँ ४९ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ८४ पैसा र विक्रीदर ३६ रुपैयाँ ०१ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २७ रुपैयाँ ८८ पैसा र विक्रीदर २८ रुपैयाँ ०१ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ २६ पैसा र विक्रीदर ९ रुपैयाँ ३० पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ०३ पैसा र विक्रीदर १२ रुपैयाँ ०८ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ ६३ पैसा र विक्रीदर १७ रुपैयाँ ७१ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ७७ पैसा र विक्रीदर १६ रुपैयाँ ८५ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४२५ रुपैयाँ ६० पैसा र विक्रीदर ४२७ रुपैयाँ ५४ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ २३ पैसा र विक्रीदर ३५० रुपैयाँ ८२ पैसा रहेको छ ।

प्रतिक्रिया