शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

२०७९ कार्तिक १४ गते साेमवारको राशिफल र मौसम

सोमवार , कार्तिक १४, २०७९

२०७९ कार्तिक १४ गते सोमबार । तद्नुसार अक्टोबर महिनाको ३१ तारिक २०२२ । कार्तिकशुक्लपक्ष सप्तमी, आज बिहान उदाँउदो सूर्यको दर्शन गरी छठ पर्व सकिन्छ ।

तराई क्षेत्रमा छठको उल्लास आजबाट सकिन्छ । आज बिहान सूर्योदय ६ः१४ मा भएको छ भने सूर्यास्त ५ः२२ मा हुनेछ । आज गर करण, उत्तरषाढा नक्षत्र, धृति योग, चन्द्रमा धनु राशिमा रहेको छ । सोमबार शिवालय यात्रा अवस्य गर्नुहोला । सोमबार शिवको प्रिय बार हो । आज बिहान ११ः२६ देखि १२ः१० सम्मको समय अभिजित मुहूर्त रहेको छ ।

यो समय आजको सबैभन्दा राम्रो समय हो । आजका देवता जलदेवी, ग्रहदेव राहु हुन् । आजको दिन सवारीसाधन खरिद, विक्रीको लागि शुभ मानिन्छ ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) :- मिहिनेतले राम्रो परिणाम दिलाउनेछ। तारिफयोग्य काम गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ। विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामा प्रवृत्त गराउनेछ। दिउँसाेतिर कामको यश लिने सौभाग्य प्राप्त हुनेछ। शुभचिन्तकहरूले साथ दिनेछन् भने भविष्यका लागि कर्मनिश्चय गर्ने समय छ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सफलता मिल्नेछ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) :- स्वास्थ्य कमजोर रहनाले काम पूरा गर्न समय लाग्नेछ। जिम्मेवारी बढे पनि न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। स्वास्थ्यका लागि आहारविहारमा विशेष ध्यान पुर्याउनुहोला। दिउँसाेदेखि स्थितिमा सुधार आउनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। मिहिनेत परे पनि भाग्यले सफलताको उचाइमा पुर्याउनेछ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) :- रमाइलो यात्रा र मनोरञ्जनको आनन्द लिने समय छ। आतिथ्यपूर्ण सत्कार पनि पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। धनलाभ हुनेछ र विभिन्न भौतिक वस्तुहरू जुटाउन सकिनेछ। दिउँसाेतिर स्वास्थ्यमा कमजोरी देखापर्न सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। अर्थहानि हुन सक्छ। स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) :- रोकिएका काम बन्नाले मनग्य लाभ हुनेछ। द्वेष वा ईर्ष्या गर्नेहरूले हार खानेछन्। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ हुनेछ। आँट गर्दा ठूलै काम सम्पादन हुनेछन्। दिउँसाेतिरकाे परिवेश उल्लासमय रहनेछ। तर मनाेरञ्जन खर्चिलो हुनेछ। आफन्तसँग सुमधुर सम्बन्ध कायम राख्न व्यवहारमा सजग रहनुहोला।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) :- सुखद समाचारले उत्साह जगाउनेछ। अध्ययनमा प्रगति हुनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। दिउँसाेदेखि नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानीका स्रोत पनि बढ्नेछन्। प्रतिस्पर्धामा विजयी भइनेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका पनि दिलाउन सक्छ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) :- हतारमा निर्णय लिँदा काम बिग्रन सक्छ। तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ। बेसुरमा बोल्ने बानीले पनि दु:ख पाइनेछ। अरूलाई दिएको वचन पूरा गर्न नसकिए पनि शुभचिन्तकहरूले साथ दिनेछन्। दिउँसाेदेखि बौद्धिक कलाको प्रभाव बढ्नेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। आम्दानीका स्रोत बढ्नेछन्।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) :- प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। कर्मयोगले नयाँ मोड लिनेछ भने मिहिनेतले नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। दिउँसाेदेखि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। बेसुरमा काम गर्ने बानीले मिहिनेत खेर जान सक्छ। प्रक्रिया नमिल्नाले पनि काम दाेहाेर्याउनुपर्ला।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) :- परिस्थितिले नयाँ कामतर्फ अग्रसर गराउन सक्छ। तर अवसरका साथै चुनौतीसमेत देखा पर्नेछन्। तत्काल फाइदा लिँदा लाभांश अरूलाई बाँड्नुपर्ला। काममा मेसो नमिल्दा योजना पूरा नहुन सक्छ। दिउँसाेदेखि स्थितिमा सुधार आउनेछ। भौतिक सुविधाका वस्तुहरू जुटाउन सकिनेछ। दिगो काम थाल्नाले आम्दानीका स्रोत बढ्नेछन्। कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) :- अवसर र चुनौती एकसाथ देखा पर्ने हुँदा होसियारीसाथ काममा जुट्नुपर्ला। छिद्र खोतल्नेहरूले दु:ख दिनेछन्, विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला। इच्छाशक्ति बढ्नाले रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। साँझतिर विवादास्पद कामकाे जिम्मेवारी वहन गर्नुपर्ला। फजुल खर्च पनि बढ्न सक्छ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) :- सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको विश्वासमा पर्दा धोका हुन सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ। दिउँसाेदेखि कामले आशा जगाए पनि महत्त्वाकांक्षा पूरा हुन समय लाग्नेछ। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्य-समस्याले काममा बाधा हुनेछ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) :- आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ। स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। तर खर्च बढ्नाले अर्थ संग्रहमा बाधा पुग्नेछ। सरसापट र भैपरी आउने कामले केही रकम बाहिरिन सक्छ। दिउँसाेदेखि आर्थिक समस्याले अलि दु:ख पाइनेछ। अनावश्यक काम र यात्रामा समेत खर्च हुने सम्भावना छ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) :- कीर्तिमानी कामको यश लिँदै लोकप्रियता हासिल गर्न सकिनेछ। आफ्नो क्षेत्रमा नाम र दाम कमाउने समय छ। शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ। मेहनतले आम्दानी बढाउनेछ। कर्मक्षेत्रमा आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। पुरानो समस्या सुल्झानाले विविन्न अवसर प्राप्त हुनेछन्। पहिलेकाे उपलब्धिले जीवनशैलीमा परिवर्तन आउनेछ।

तपाईको दिन शुभ रहोस् ।

२०७९ कार्तिक १४ गते साेमवारको मौसम

मौसम पूर्वानुमान महाशाखाको प्रकाशित बुलेटिन अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हाल देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ।

साेमवार दिउँसो :– देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

साेमवार राती :– प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया