शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

२०७९ कार्तिक ११ गते शुक्रबारको राशिफल र मौसम

शुक्रवार , कार्तिक ११, २०७९

११ कार्तिक २०७९, शुक्रबार । तद्नुसार अक्टोबर महिनाको २८ तारिक २०२२। कार्तिकशुक्लपक्ष तृतीया तिथि, गर करण, अनुराधा नक्षत्र, शोभन योग, चन्द्रमा वृश्चिक राशिमा रहेको छ। आज विहान सूर्योदय ०६ः१२ मा सूर्यास्त ५ः२३ मा हुनेछ।

आज ११ः२६ देखि १२ः१० सम्मको समय अभिजित मुहूर्त रहेको छ । यो समय आजको सबैभन्दा शुभ दिन हो । आजको देवता बृहस्पति र ग्रहदेव सूर्य रहेको छ । शुक्रबारको दिन यात्राको लागि शुभ मानिन्छ ।

पश्चिम दिशा तर्फको यात्रालाई शुभ मानिन्छ। आर्थिक लगानीको ब्यबसायको शुरुवात शुक्रबारको दिन शुभ मानिदैन। शुक्रबारको दिन कसैसँग विवाद हुने काम सकभर नगर्नु उत्तम हुनेछ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) :- मेष राशिका जातकका लागि रोजगारीको क्षेत्रमा तपाईलाई सफलता प्राप्त हुन सक्नेछ । आजको दिन नजिकको शिवालयको यात्रा गर्दा मनमा खुसियाली छाउने छ । विहानैं देवालयको दर्शन गरेर काम शुरु गर्दा दिनभर गरिने कार्यमा सफलता प्राप्त हुनेछ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) :- यदी ब्यापार ब्यबसायमा हुनुहुन्छ भने अर्थलाभले वृष राशि भएका जातकका लागि खुसियाली हुनसक्छ । आजको दिन ब्यापारको कामबाट फाइदा नहुँदा पनि त्यति निराश पनि नहुनु होला । सकारात्मक सोचले मात्र तपाईले आफ्नो दैनिककाम गर्दा मनमा खुसी छाउनसक्छ । आज तपाईमाथि परिवारका सदस्यले अनावश्यक आरोप लगाउन सक्छन् ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) :- त्यसैले आज सकारात्मक सोच मात्र राखेर काम गर्नुभयो भने तपाईको मनमा खुसीयाली छाउने छ । आजको दिन परिवार र आफन्तजनहरुले तपाईमाथि अनेक आरोप लगाउन सक्नेछन् ।कसैले लगाएको आरोपको विषयमा विवाद नगर्नु नैं वेश हुनेछ । नियमित काम बाहेक अन्य काममा त्यति ध्यान नदिनु होला ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) :- आजको दिन तपाईको शुभ छ । त्यसैले आजको दिन तपाईको आर्थिक र सामाजिक समस्या समाधान हुनेछ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा हुने काम नगर्नुहोला । सामाजिक सेवाको काममा लाग्नु होला। मानसम्मान मिल्नेछ । कसैसँग अनावश्यक विवाद नगर्नुहोला ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) :- आज तपाईलाई परिवार र सहकर्मीबाट साथ सहयोग प्राप्त हुनेछ । तपाईले जे सोचेर काम गर्नुभएको छ त्यो सफलता मिल्नेछ । कसैसँग वादविवाद हुने काम नगर्नुहोला । विहान सूर्योदयको दर्शन गरेर काम शुरुवात गर्नुभयो भने तपाईलाई सफलता मिल्नेछ । आजको दिन मौन र देवालय, शिवालय यात्राले तपाईलाई निकै खुसी तुल्याउने छ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) :- कन्या राशिका जातका लागि आजको दिन मित्र र आफन्तसँग सम्बन्ध विग्रन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलता हात लाग्नेछ । आजको दिन केही खानेकुरा बालक र बृद्ध ब्यक्तिलाई दिनुभयो भने तपाईमाथि लाग्ने अनावश्यक आरोप रोकिन सक्छ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) :- आजको दिन शुरु गरेको काम सफल हुनेछ । विहान सूर्योदयको दर्शन गर्नुहोला। कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । कुनै काम बीचमा छोडेको छ भने त्यो कामका पुरा नहुँदा मनमा चिन्ता भइरहन्छ । आर्थिक कारोबार गर्दा अलि ध्यान दिनुहोला ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) :- वृश्चिक राशिका जातकका लागि आज कार्यायोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । शिवालयमा गएर जल अर्पण गर्नुभयो सोचे अनुसार काम बन्नेछ । देवालयको नाम स्मरण मात्रले पनि मनमा शान्ति मिल्नेछ । अध्यात्मिक सेवामा केही समय दिनुभयो भने तपाईको कार्यमा सफलता मिल्नेछ । चन्द्रमाको साथ रहेको छ । आज विहान सूर्योदयको दर्शन गरी दिनको काम शुरुवात गर्नुहोला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) :- सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला । तपाईले सेवा गरिरहेको क्षेत्रबाट अर्थलाभ हुनेछ । परिवारका सदस्यहरु बीच विवाद हुनसक्छ । त्यसैले आजको दिन मौन रहनु राम्रो हुनेछ । कसैसँग विवाद हुने कुनै काम नगर्नुहोला ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) :- तपाईलाई आफन्तजनको सहयोगले मनमा खुसी प्राप्त हुनेछ । अर्थलाभका कामबाट मानमा हर्ष छाउने छ । व्यापार ब्यबसायबाट सफलता प्राप्त हुनेछ । छोटो दुरीको यात्रा गर्दा फलदायी हुनेछ । दुःखी ब्यक्तिलाई खान दिने र बालबालिकाहरुलाई अध्ययन सामग्री दिनुभयो भने तपाईमा हर्ष छाउनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) :- कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम हुनेछ । शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । तपाईको मनमा थप शक्ति मिल्नेछ । आज कसैसँग पनि अनावश्यक विवाद नगर्नुहोला ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) :- मीन राशिका जातकले आज विहान सूर्योदयको दर्शन गरेर मात्र दिनको शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ । अध्यापन, लेखनमा रुचि बढ्नेछ। सामाजिक सेवाका काममा समय दिनु भए राम्रो हुनेछ । आजको दिन सामाजिक क्षेत्रमा गर्नुभएको कामले भविष्यमा सफलता मिल्नेछ । कुनै कुमारी कन्यालाई भोजन र बस्त्र दान गर्नु राम्रो हुनेछ।

तपाईको दिन शुभ रहोस् ।

२०७९ कार्तिक ११ गते शुक्रबारको मौसम

मौसम पूर्वानुमान महाशाखाको प्रकाशित बुलेटिन अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ।

शुक्रबार दिउँसो :– प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा प्रदेश १, बागमती प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार राती :– प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया