काठमाडौं, ०९ कात्तिक – नेपाल राष्ट्र बैंकले आज कात्तिक ०९ गते बुधवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैयाँ ०ठ पैसा र विक्रीदर १३२ रुपैयाँ ६७ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३० रुपैयाँ ३३ पैसा र विक्रीदर १३० रुपैयाँ ९२ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १४९ रुपैयाँ ६७ पैसा र विक्रीदर १५० रुपैयाँ ३५ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३१ रुपैयाँ ७७ पैसा र विक्रीदर १३२ रुपैयाँ ३७ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८३ रुपैयाँ २९ पैसा र विक्रीदर ८३ रुपैयाँ ६७ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ १३ पैसा र विक्रीदर ९६ रुपैयाँ ५७ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९२ रुपैयाँ ७० पैसा र विक्रीदर ९३ रुपैयाँ १२ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ८७ पैसा र विक्रीदर ८ रुपैयाँ ९१ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ०७ पैसा र विक्रीदर १८ रुपैयाँ १५ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ १३ पैसा र विक्रीदर ३५ रुपैयाँ २९ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २७ पैसा र विक्रीदर ३६ रुपैयाँ ४३ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ४५ पैसा र विक्रीदर ३ रुपैयाँ ४७ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ९६ पैसा र विक्रीदर ३६ रुपैयाँ १२ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २७ रुपैयाँ ८९ पैसा र विक्रीदर २८ रुपैयाँ ०२ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ १९ पैसा र विक्रीदर ९ रुपैयाँ २३ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर ११ रुपैयाँ ८५ पैसा र विक्रीदर ११ रुपैयाँ ९० पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ ५२ पैसा र विक्रीदर १७ रुपैयाँ ६० पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ८२ पैसा र विक्रीदर १६ रुपैयाँ ९० पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४२५ रुपैयाँ ६६ पैसा र विक्रीदर ४२७ रुपैयाँ ६० पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ३४ पैसा र विक्रीदर ३५१ रुपैयाँ ९३ पैसा रहेको छ ।
