मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :- आज आलस्य र थकानको अनुभूति हुनेछ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ। आर्थिक सङ्कटले पनि सताउन सक्छ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) :- अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ। नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ। लाभदायक यात्रा पनि रहनेछ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) :- महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । चिन्ता हटेर मन प्रसन्न रहला। घरमा अतिथिको आगमन हुनेछ। पढाइमा प्रगति पनि हुनेछ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) :- मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ। आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। रमणीय र सुखद् यात्रा हुनेछ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) :- आज विवाद हुन सक्छ भने तपाईंले शुरु गर्नुभएको काममा बाधा तथा अवरोधहरू आउन सक्छ। पढाई लेखाइमा पनि सफलता नमिल्ला।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) :- आज गरेका कामबाट राम्रै लाभ हुनेछ। मित्र वा आफन्तको सहयोगबाट मिल्नेछ। बौद्धिकताको विकास हुनेछ। वैदेशिक कार्य अघि बढ्नेछ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) :- आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो। प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ। छोटो दुरीको लाभदायक यात्रा पनि रहला।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) :- आजको दिनमा प्रतिष्ठित काम गर्ने मौका छ। आत्मविश्वास बढ्नेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) :- मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ। मुद्दा मामिला आइलाग्न सक्छ, तर साँझमा शुभ समाचार पाइनेछ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) :- नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ। विद्या र बुद्धिको विकास हुनेछ। आर्थिक पक्ष सुदृढ बन्नेछ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) :- नसोचेको ठाउँबाट धन हात पर्नेछ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। नयाँ काममा हात हाल्ने समय छ। व्यवसायिक क्षेत्र लाभप्रद रहनेछ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) :- आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस्।