३ कात्तिक २०७९, बिहीबार । अक्टोबर महिनाको २० तारिक २०२२ । कात्तिक कृष्णपक्ष दशमी, विष्टि करण, अश्लेषा नक्षत्र, शुभ योग, चन्द्रमा कर्कट राशिमा रहेको छ । आज बिहान सूर्योदय ०६ः०६ मा भएको छ भने सूर्यास्त ५ः३० मा हुनेछ ।
बिहीबार अध्ययन, अनुसन्धान काममा ध्यान दिन उत्तम हुनेछ । आजका देवता लक्ष्मी, र ग्रहदेव सूर्य हुन् । अहिलको समयमा शुक्र अस्त भएका कारण कामना गरेर शुभकार्य नगर्दा राम्रो हुनेछ । आजको दिन दिनको १ः१५ देखि २ः४० सम्मको समय राहुकाल रहेको छ । यो समयमा शुभकार्य नगर्दा राम्रो हुन्छ । विहीबारका दिन शैक्षिक कार्यका लागि शुरुवात गर्न सकिन्छ ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- भाग्यले साथ दिने हुँदा सानो प्रयत्नले ठुलो काम बन्नेछ । धर्म तथा अध्यात्मतिर ध्यान जाने हुनाले शरीरले सकारात्मक उर्जा ग्रहण गर्नेछ । आफन्तहरुको सहयोगले उपलब्धी मुलक कामहरु बन्नेछन् भने दैनिकीलाई सहज रुपमा परिणत गर्न सकिनेछ । धार्मिक तथा अध्ययन यात्राको अधिक सम्भावना रहेकोछ । नयाँ काम गरी आम्दानीका स्रोत बढाउन सकिनेछ । प्रेममा सामिप्यता बढेर जानेछ । बिहानको समय मध्ययम रहेकोले भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- बिहानको समय राम्रो रहेकोले व्यापार व्यावसायबाट मनग्गे आम्दानी हुनेछ । रमाईलो पारिवारिक यात्राको तय गर्न सकिनेछ भने यात्रासँग सम्वन्धीत कार्यहरु हुनेछन् । अध्ययनमा भनेजस्तो सफलता हात पार्न सकिनेछ भने खोजमुलक क्षेत्रमा रुची बढ्नेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले आर्थिक अवस्था कमजोर रहने हुनाले घर परिवारका आवश्यक्ताहरु पुरा गर्न गाह्रो पर्नेछ । भौतिक सम्पतीको प्रयोग गर्दा ख्याल गर्नुहोला । खानपान तथा मौषमको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :- व्यावसाय फस्टाएर जाने हुनाले मनग्गे नाँफा कमाउन सकिने तथा थप लगानी गर्न सकिनेछ । लामो दुरीको व्यावसायिक यात्राको अधिक सम्भावना रहेकोछ । सवारी साधन तथा भौतिक सम्पती हात लागी हुनेछ भने विलासी वस्तुहरुको प्रयोग मार्फत अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिने हुँदा मन प्रसन्न रहनेछ । नोकरी पाउने तथा पदोन्नतिको प्रशस्त सम्भावना रहेकोछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- बिहानको समय राम्रो रहेकोले सन्तान तथा आफन्तबाट भनेजस्तो सहयोग पाईने योग रहेकोछ । मन परेको मानिसबाट उपहार प्राप्तीको योग रहेकोछ । मध्यान्हबाट व्यापार व्यावसायमा लगानी गरे अनुशार प्रतिफल प्राप्त नहुँदा आर्थिक रुपमा कमजोर भएको महशुस हुनेछ । स्वास्थ्य सम्वन्धी समस्या आउने तथा दैनिक खर्च बढेर जानेछ । न्यायिक निर्णयहरु तपार्ईँको पक्षमा नआउने हुनाले आजको दिन कुनै पनि विवादमा सामेल नहुनु होला।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- बिद्यामा गरीएको लगानीबाट सकारात्मक नतिजाको अपेक्षा गर्न सकिनेछ । शिक्षा क्षेत्रमा गरीएको लगानी बाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने लगानी बढाउने वातावरण बन्नेछ । भौतिक सम्पती तथा सवारी साधन प्राप्तिको गतिलो सम्भावना रहेकोछ भने शेयर बजार तथा सट्टाको व्यावसाय फस्टाएर जानेछ । प्रेमको डोरो कसिने तथा घर परिवारमा सबैसँगको सम्वन्धमा सुमधुरता बढेर जानेछ । बिहानको समय मध्ययम रहेकोले राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- बिहानको समय राम्रो रहेकोले छोटो दुरिको व्यावसायिक यात्राको तय गर्न सकिनेछ भने पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्ने आट आउनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने दाम्पत्य जीवन सुखी रहनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले खानपान तथा मौषमको ख्याल गर्नुहोला छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या आउन सक्छ । अरुकै लहैलहैमा लागेर आफ्नो सस्कार भुल्दा पछी गएर पछुतो हुने ग्रहयोग रहेकोछ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- बिहानको समय राम्रो रहेकोले लेखन कलाको माध्ययमले आफ्ना भनाईहरु जनमानसमा लैैजान सकिनेछ । पढ्न लेख्न मन लाग्नेछ भने नतिजा तपार्ईँ आफ्नै पक्षमा पार्न सकिनेछ । मध्यान्हबाट माया प्रेममा सानो कुराले मनमुटाव सिर्जना हुनसक्छ ध्यान दिनुहोला । खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउनेछ । यात्रा गर्दा ध्यान दिनुहोला कष्टकर नहोला भन्न सकिन्न।
वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- सामाजिक काम गरी नाम तथा दाम कमाउन सकिनेछ भने समाजमा सम्मानित हुने योग रहेकोछ । पढ्नमा मन जाने हुनाले स्कूल तथा कलेजमा तपार्ईँको नाम अग्र स्थानमा आउनेछ । शुभ समाचारले मनमा थप उत्साह जगाउनेछ भने नयाँ काम थालनी गर्दा भविष्यमा मनग्गे धन लाभ हुनेछ । प्रेममा रमाउन चाहनेहरुले भरपूर रमाईलो गर्न सक्नेछन् । पारिवारिक माहोलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन रहनेछ । परिवार तथा आफन्तजन सँगसँगै रहेर दिन कटाउन पाउदा मन प्रशन्न रहनेछ । आत्मविश्वासमा बृद्धि हुने हुनाले काम गर्न आँट आउनेछ । समयमा काम गर्न सकिने हुँदा मान सम्मान तथा इज्जत प्रतिष्ठामा बढुवा हुनेछ । सुन्दर तथा विलासी वस्तुको प्रयोग मार्फत् अरुको मन आफूतिर लोभ्याउन सकिनेछ । बिहानको समयमा खर्च बढ्ने योग रहेकोछ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- अन्तर्राष्ट्रिय बजारमा उत्पादित सामानको व्यापार व्यावसाय गर्दा प्रशस्त नाँफा कमाउन सकिनेछ । लामो दुरिको विदेश यात्रा हुनेछ । धार्मिक कार्य तथा सामाजिक कार्यमा खर्च बढे पनि मन खुसी रहनेछ । स्वास्थ्य सम्वन्धी सामान्य समस्याले नसताउला भन्न सकिन्न । पढाइ लेखाइमा समय दिन नसक्दा अरु भन्दा पछी परिनेछ । बिहानको समय राम्रो रहेकोले माया प्रेममा एक अर्कालाई विश्वास गर्दै अगाडी बढ्न सकिनेछ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बीच विश्वासको वातावरण बढेर जानेछ । नयाँ कामहरु गरेर आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । दाजुभाई वा अग्रजहरुको सुझाब तथा सल्लाह मानेर अगाडी बढ्दा सफलता पाउन सकिनेछ । बिद्यामा राम्रो प्रगति हुनाले पढाइ लेखाइमा मन जानेछ । बिभिन्न अवसरहरूले पछ्याउने हुदा राम्रा परिणाममुखी काम गर्न सकिनेछ । सरकारी सम्पती तथा पैत्रिक सम्पती हात लागी हुने प्रसस्त सम्भावना रहेको छ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- राज्यबाट अनावश्यक झै झमेला भोग्नु पर्नेछ भने सेवा प्रवाह गर्नेहरुले तपार्ईँको काम समयमा नगर्नाले महत्वपुर्ण उपलव्धी गुम्न सक्छ । व्यापार व्यावसाय खस्केर जानेछ भने आम्दानीका स्रोतहरु साघुरा भएर जानेछन् । अध्ययन अध्यापनमा मन नजाने हुनाले उपलव्धी अरुकै पोल्टोमा पर्नेछ । माया प्रेममा सामान्य अविश्वास सिर्जना हुने योग रहेकोछ । आफ्नो धन सम्पतिमा अरुले नै अधिकार जमाउन खोज्नेछन् ध्यान दिनुहोला । बिहानको समय राम्रो रहेकोले खोजीमुलक क्षेत्रमा रुचि बढ्ने तथा पढाइ लेखाइकै शिलशिलामा लामो दुरिको यात्रा हुनेछ।
तपाईको दिन शुभ रहोस् ।
२०७९ कार्तिक ३ गते बिहीबारको मौसम
मौसम पूर्वानुमान महाशाखाको प्रकाशित बुलेटिन अनुसार
बिहीबार दिउँसो :– गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा र बाँकी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
बिहीबार राती:– देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।