शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

२०७९ साल असोज ५ गते बुधवारको राशिफल र मौसम

बुधवार , आश्विन ५, २०७९

२०७९ असाेज ५ गते, बुधवार, २१ सेप्टेम्बर २०२२। आश्विन कृष्णपक्ष एकादशी तिथि। तिष्य नक्षत्र। चन्द्रराशि– कर्कट।

मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :- आजको दिन तपाईंले चालेका प्रत्येक पाईलामा अवरोध गर्न खोज्नेहरु कम हुने छैनन् , मानसिक अशान्ति होला, पृयजन बाटै धोका होला, आजको दिन भगवान शिवको आराधना गरे राम्रो हुनेछ।

वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) :- आजको दिन तपाईंको लागि भाग्योदय लिएर आएको छ, सबैतिरबाट लाभ होला, नयाँ जिम्मेवारी थपिनसक्छ, परिवारमा नयाँ सदस्यको आशिर्वादले मन हर्षित रहला।

मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा) :- तपाईंलाई आजको दिन राज्यपक्षबाट साथ र सहयोग प्राप्त होला , सरकारी पद तथा पुरस्कार प्राप्त होला, आज नयाँ जोस , जागर र उमंगको संचार होला, भाबुक बन्ने दिन छ ।

कर्कट राशी (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :- आजको दिन तपाईंलाई अनेक प्रकारका लाभ होला ,कुनै पनि रमणीय स्थानको भ्रमण तथा जल यात्रा होला, सुन चाँदी तथा रत्न रत्नादिबाट लाभ होला तथा धन,मान तथा यश प्राप्त होला।

सिंह राशी (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :- आजको दिन शत्रु पक्ष सक्रिय रहलान, मन अस्थिर होला, बोल्दा बिचार गरेर मात्र बोल्नुहोला, मुद्दा मामिलाको झन्झटमा फसिएला, तर पनि मध्याह्न पछी भने समय राम्रो छ।

कन्या राशी (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) :- तपाईंलाई आजको दिन धन,मान,इज्जत तथा प्रतिष्ठामा वृद्धि होला, सामाजिक तथा सास्कृतिक सभा समारोहमा सहभागी भईएला, कुनै पनि स्थानको रमाइलो यात्रा होला।

तुला राशी (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) :- तपाईंलाई आज कुनै पनि नसोचेको स्थानबाट धनार्जन होला, कुनै पनि नवीन कार्यमा सहभागी भईएला , आज छोटो तथा लामो दुरिको भ्रमण पनि हुनसक्छ।

वृश्चिक राशी (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :- कुनै पनि उच्च पद प्राप्ति तथा उच्च पदस्थ व्यक्तिसँग भेटघाट होला, दाजुभाइको साथ र सहयोगले कुनै व्यवसाय वा कार्यमा सफलता प्राप्त होला , आजको दिन पराक्रममा पनि वृद्धि होला ।

धनु राशी (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) :- आजको दिन माताको सरसल्लाहले कुनै पनि निर्णय लिईएला, पशुचौपाया तथा साधन बाहन गाडी घोडाबाट लाभ होला , नयाँ जग्गा जमीन तथा घर आदिको वृद्धि होला ।

मकर राशी (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) :- आजको दिन तपाईंलाई न्याय मिल्ला, श्रीमतीको साथ र सहयोग प्राप्त होला , प्रेमी प्रेमिका बिच राम्रो प्रेम बढ्ला, आज कुनै नयाँ स्थानमा नयाँ व्यक्तिसँग रमाइलो भेटघाट पनि होला।

कुम्भ राशी (गु, गे, गो, सा, सि, सु, से, सो, दा) :- आजको दिन तपाईंलाई रोग तथा व्याधिले सताउला, खानपिनमा बिशेष ध्यान दिनुहोला, शत्रु पक्ष बलवान् हुनाले तपाईंको काममा अवरोध गर्लान् ,आजको दिन ॐ नम: शिवाय मन्त्र जप गरे राम्रो होला।

मीन राशी (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) :- आजको दिन कुनै पनि शैक्षिक गतिविधिमा प्रगति गरिएला, उपहार तथा पुरस्कार प्राप्त हुने समय आएकोछ, कुनै पनि रचनात्मक कार्य गर्नाले मन प्रसन्न रहला।

तपाईको दिन शुभ रहोस् ।

०७९ साल असोज ५ गते बुधवारको मौसम

मौसम पूर्वानुमान महाशाखाको प्रकाशित बुलेटिन अनुसार हाल

बुधवार दिउँसो :– देशभर आंशिक देखि सामान्य बदली रहनेछ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

बुधवार राती :– देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

प्रतिक्रिया