काठमाडौं, ३० भदौ – नेपाल राष्ट्र बैंकले आज भदौ ३० गते बिहिवार को लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२६ रुपैयाँ ८१ पैसा र विक्रीदर १२७ रुपैयाँ ४१ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १२७ रुपैयाँ ०३ पैसा र विक्रीदर १२७ रुपैयाँ ०३ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १४६ रुपैयाँ ५४ पैसा र विक्रीदर १४७ रुपैयाँ २३ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३१ रुपैयाँ ९८ पैसा र विक्रीदर १३२ रुपैयाँ ६१ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ४१ पैसा र विक्रीदर ८५ रुपैयाँ ८२ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ३३ पैसा र विक्रीदर ९६ रुपैयाँ ७९ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९० रुपैयाँ ३५ पैसा र विक्रीदर ९० रुपैयाँ ७८ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ८६ पैसा र विक्रीदर ८ रुपैयाँ ९१ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ २३ पैसा र विक्रीदर १८ रुपैयाँ ३१ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३३ रुपैयाँ ७३ पैसा र विक्रीदर ३३ रुपैयाँ ८९ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ५१ पैसा र विक्रीदर ३४ रुपैयाँ ६७ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६पैसा र विक्रीदर ३ रुपैयाँ ४८ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३४ रुपैयाँ ५२ पैसा र विक्रीदर ३४ रुपैयाँ ६९ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ०१ पैसा र विक्रीदर २८ रुपैयाँ १४ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ११ पैसा र विक्रीदर ९ रुपैयाँ १६ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर ११ रुपैयाँ ९३ पैसा र विक्रीदर ११ रुपैयाँ ९८ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ ०८ पैसा र विक्रीदर १७ रुपैयाँ १६ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ १६ पैसा र विक्रीदर १६ रुपैयाँ २३ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४१० रुपैयाँ ७६ पैसा र विक्रीदर ४१२ रुपैयाँ ७० पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३३६ रुपैयाँ ३९ पैसा र विक्रीदर ३३७ रुपैयाँ ९८ पैसा रहेको छ ।
