शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज भदौ २९ गते बुधवार विदेशी मुद्राको विनिमयदर

बुधवार , भाद्र २९, २०७९

काठमाडौं, २९ भदौ – नेपाल राष्ट्र बैंकले आज भदौ २९ गते बुधवार को लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२६ रुपैयाँ ३४ पैसा र विक्रीदर १२६ रुपैयाँ ९४ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १२८ रुपैयाँ ५९ पैसा र विक्रीदर १२९ रुपैयाँ २० पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १४८ रुपैयाँ २० पैसा र विक्रीदर १४८ रुपैयाँ ९० पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३३ रुपैयाँ १९ पैसा र विक्रीदर १३३ रुपैयाँ ८३ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ३५ पैसा र विक्रीदर ८७ रुपैयाँ ७७ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ५२ पैसा र विक्रीदर ९७ रुपैयाँ ९८ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९० रुपैयाँ ६२ पैसा र विक्रीदर ९१ रुपैयाँ ०५ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ८९ पैसा र विक्रीदर ८ रुपैयाँ ९४ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ २४ पैसा र विक्रीदर १८ रुपैयाँ ३२ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३३ रुपैयाँ ६१ पैसा र विक्रीदर ३३ रुपैयाँ ७७ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ५८ पैसा र विक्रीदर ३४ रुपैयाँ ७४ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ४८ पैसा र विक्रीदर ३ रुपैयाँ ५० पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३४ रुपैयाँ ४० पैसा र विक्रीदर ३४ रुपैयाँ ५६ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ०३ पैसा र विक्रीदर २८ रुपैयाँ १६ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ २० पैसा र विक्रीदर ९ रुपैयाँ २५ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ १३ पैसा र विक्रीदर १२ रुपैयाँ १८ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १६ रुपैयाँ १० पैसा र विक्रीदर १६ रुपैयाँ १७ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ १० पैसा र विक्रीदर १६ रुपैयाँ १७ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४१० रुपैयाँ ३५ पैसा र विक्रीदर ४१२ रुपैयाँ ३० पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३३५ रुपैयाँ १४ पैसा र विक्रीदर ३३६ रुपैयाँ ७३ पैसा रहेको छ ।

प्रतिक्रिया