शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज भदौ २० गते सोमवार विदेशी मुद्राको विनिमयदर

सोमवार , भाद्र २०, २०७९

काठमाडौं, २० भदौ – नेपाल राष्ट्र बैंकले आज भदौ २० गते सोमवार को लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२७ रुपैयाँ ३८ पैसा र विक्रीदर १२७ रुपैयाँ ९८ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १२६ रुपैयाँ ७८ पैसा र विक्रीदर १२७ रुपैयाँ ३८ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १४६ रुपैयाँ ६० पैसा र विक्रीदर १४७ रुपैयाँ २९ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १२९ रुपैयाँ ९० पैसा र विक्रीदर १३० रुपैयाँ ५१ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ७६ पैसा र विक्रीदर ८७ रुपैयाँ १७ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ९८ पैसा र विक्रीदर ९७ रुपैयाँ ४४ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९० रुपैयाँ ८९ पैसा र विक्रीदर ९१ रुपैयाँ ३१ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ०८ पैसा र विक्रीदर ९ रुपैयाँ १३ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ४६ पैसा र विक्रीदर १८ रुपैयाँ ५५ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३३ रुपैयाँ ८८ पैसा र विक्रीदर ३४ रुपैयाँ ०४ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ७७ पैसा र विक्रीदर ३४ रुपैयाँ ९४ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ४७ पैसा र विक्रीदर ३ रुपैयाँ ४९ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३४ रुपैयाँ ६८ पैसा र विक्रीदर ३४ रुपैयाँ ८४ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ४१ पैसा र विक्रीदर २८ रुपैयाँ ५४ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ३५ पैसा र विक्रीदर ९ रुपैयाँ ३९ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर ११ रुपैयाँ ८२ पैसा र विक्रीदर ११ रुपैयाँ ८७ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ ०५ पैसा र विक्रीदर १७ रुपैयाँ १३ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ २३ पैसा र विक्रीदर १६ रुपैयाँ ३० पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४१३ रुपैयाँ ३० पैसा र विक्रीदर ४१५ रुपैयाँ २५ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३३७ रुपैयाँ ८८ पैसा र विक्रीदर ३३९ रुपैयाँ ४७ पैसा रहेको छ ।

प्रतिक्रिया