काठमाडौं १९ भदौ – नेपाल राष्ट्र बैंकले आज भदौ १९ गते आइतवार को लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२७ रुपैयाँ ३८ पैसा र विक्रीदर १२७ रुपैयाँ ९८ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १२७ रुपैयाँ ५५ पैसा र विक्रीदर १२८ रुपैयाँ १५ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १४७ रुपैयाँ ४४ पैसा र विक्रीदर १४८ रुपैयाँ १४ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १२९ रुपैयाँ ९७ पैसा र विक्रीदर १३० रुपैयाँ ५८ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ७८ पैसा र विक्रीदर ८७ रुपैयाँ १९ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ९१ पैसा र विक्रीदर ९७ रुपैयाँ ३७ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९० रुपैयाँ ८९ पैसा र विक्रीदर ९१ रुपैयाँ ३२ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ०८ पैसा र विक्रीदर ९ रुपैयाँ १२ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ४४ पैसा र विक्रीदर १८ रुपैयाँ ५३ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३३ रुपैयाँ ८९ पैसा र विक्रीदर ३४ रुपैयाँ ०५ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ८० पैसा र विक्रीदर ३४ रुपैयाँ ९६ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ४७ पैसा र विक्रीदर ३ रुपैयाँ ४९ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३४ रुपैयाँ ६८ पैसा र विक्रीदर ३४ रुपैयाँ ८४ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ४१ पैसा र विक्रीदर २८ रुपैयाँ ५४ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ३६ पैसा र विक्रीदर ९ रुपैयाँ ४१ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर ११ रुपैयाँ ८६ पैसा र विक्रीदर ११ रुपैयाँ ९१ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ १५ पैसा र विक्रीदर १७ रुपैयाँ २३ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ २३ पैसा र विक्रीदर १६ रुपैयाँ ३१ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४१३ रुपैयाँ ०५ पैसा र विक्रीदर ४१४ रुपैयाँ ९९ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३३७ रुपैयाँ ८८ पैसा र विक्रीदर ३३९ रुपैयाँ ४७ पैसा रहेको छ ।
