शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

एक सातामा तोलामै २८ सय रुपैयाँ घट्यो सुनको मूल्य

शुक्रवार , भाद्र १७, २०७९

काठमाडौं, १७ भदौ - एक सातामा सुनको मूल्य तोलामै २ हजार ८ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो शुक्रबारदेखि यो शुक्रबारसम्मको अवधिमा सुनको मूल्यमा उच्च गिरावट आएको हो ।

शुक्रबार पनि सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको छ । साताको कारोबारको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। शुक्रबार छापावाला सुनको मूल्य प्रति तोला ९३ हजार रुपैयाँ तोकिएको छ।

बिहिबार प्रति तोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ सयले घटेर प्रति तोला ९३ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ ।गत शुक्रबारदेखि निरन्तर सुन र चाँदीको मूल्य घटे पनि आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ ।

आठ दिनको अवधिमा छापावाल सुनको मूल्य २ हजार ८ सय र चाँदीको मूल्य तोलानमा ७० रुपैयाँले घटेको छ ।

चाँदीको मूल्य प्रति तोला १ हजार १ सय ५ रुपैयाँ कायम भएको छ। चाँदी मूल्य प्रति तोला ५ रुपैयाँले बढेको हो। बिहिबार चाँदीको मूल्य प्रति तोला १ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको गिरावटकै कारण नेपाली बजार पनि प्रभावित भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया