काठमाडौं १५ भदौ – नेपाल राष्ट्र बैंकले आज भदौ १५ गते बुधवार को लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२६ रुपैयाँ ८३ पैसा र विक्रीदर १२७ रुपैयाँ ४३ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १२७ रुपैयाँ ३६ पैसा र विक्रीदर १२७ रुपैयाँ ९७ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १४८ रुपैयाँ ७१ पैसा र विक्रीदर १४९ रुपैयाँ ४२ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३० रुपैयाँ ७७ पैसा र विक्रीदर १३१ रुपैयाँ ३८ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ०६ पैसा र विक्रीदर ८८ रुपैयाँ ४७ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ६९ पैसा र विक्रीदर ९८ रुपैयाँ १५ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९० रुपैयाँ ९३ पैसा र विक्रीदर ९१ रुपैयाँ ३६ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ १७ पैसा र विक्रीदर ९ रुपैयाँ २२ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३८ पैसा र विक्रीदर १८ रुपैयाँ ४७ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३३ रुपैयाँ ७७ पैसा र विक्रीदर ३३ रुपैयाँ ९३ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ६२ पैसा र विक्रीदर ३४ रुपैयाँ ७९ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ४९ पैसा र विक्रीदर ३ रुपैयाँ ५० पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३४ रुपैयाँ ५३ पैसा र विक्रीदर ३४ रुपैयाँ ६९ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ३४ पैसा र विक्रीदर २८ रुपैयाँ ४७ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ४३ पैसा र विक्रीदर ९ रुपैयाँ ४८ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर ११ रुपैयाँ ९६ पैसा र विक्रीदर १२ रुपैयाँ ०२ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ १२ पैसा र विक्रीदर १७ रुपैयाँ २१ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ १६ पैसा र विक्रीदर १६ रुपैयाँ २४ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४११ रुपैयाँ ८८ पैसा र विक्रीदर ४१३ रुपैयाँ ८३ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३३६ रुपैयाँ ४५ पैसा र विक्रीदर ३३८ रुपैयाँ ०४ पैसा रहेको छ ।
