काठमाडौं १३ भदौ – नेपाल राष्ट्र बैंकले आज भादौ १३ गते सोमवार को लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२७ रुपैयाँ ४९ पैसा र विक्रीदर १२८ रुपैयाँ ०९ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १२७ रुपैयाँ ०२ पैसा र विक्रीदर १२७ रुपैयाँ ६२ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १४९ रुपैयाँ ७९ पैसा र विक्रीदर १५० रुपैयाँ ४९ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३१ रुपैयाँ ९१ पैसा र विक्रीदर १३२ रुपैयाँ ५३ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ८५ पैसा र विक्रीदर ८८ रुपैयाँ २७ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ८१ पैसा र विक्रीदर ९८ रुपैयाँ २७ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९१ रुपैयाँ ४६ पैसा र विक्रीदर ९१ रुपैयाँ ८९ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ २७ पैसा र विक्रीदर ९ रुपैयाँ ३१ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ५५ पैसा र विक्रीदर १८ रुपैयाँ ६४ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३३ रुपैयाँ ९३ पैसा र विक्रीदर ३४ रुपैयाँ ०९ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ८० पैसा र विक्रीदर ३४ रुपैयाँ ९७ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ५२ पैसा र विक्रीदर ३ रुपैयाँ ५४ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३४ रुपैयाँ ७१ पैसा र विक्रीदर ३४ रुपैयाँ ८७ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ५४ पैसा र विक्रीदर २८ रुपैयाँ ६७ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ५० पैसा र विक्रीदर ९ रुपैयाँ ५४ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ०८ पैसा र विक्रीदर १२ रुपैयाँ ०१ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ ०८ पैसा र विक्रीदर १७ रुपैयाँ १६ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ २५ पैसा र विक्रीदर १६ रुपैयाँ ३२ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४१४ रुपैयाँ ४० पैसा र विक्रीदर ४१६ रुपैयाँ ३५ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३३८ रुपैयाँ २० पैसा र विक्रीदर ३३९ रुपैयाँ ७९ पैसा रहेको छ ।
