शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज भदौ ११ गते शनिवार विदेशी मुद्राको विनिमयदर

शनिवार , भाद्र ११, २०७९

काठमाडौं ११ भदौ – नेपाल राष्ट्र बैंकले आज भादौ ११ गते शनिवार को लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२७ रुपैयाँ ४९ पैसा र विक्रीदर १२८ रुपैयाँ ०९ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १२७ रुपैयाँ ६७ पैसा र विक्रीदर १२८ रुपैयाँ २७ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १५० रुपैयाँ ९२ पैसा र विक्रीदर १५१ रुपैयाँ ६३ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३२ रुपैयाँ ४० पैसा र विक्रीदर १३३ रुपैयाँ ०३ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ०१ पैसा र विक्रीदर ८९ रुपैयाँ ४३ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९८ रुपैयाँ ६२ पैसा र विक्रीदर ९९ रुपैयाँ ०८ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९१ रुपैयाँ ७६ पैसा र विक्रीदर ९२ रुपैयाँ १९ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ३१ पैसा र विक्रीदर ९ रुपैयाँ ३६ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ५८ पैसा र विक्रीदर १८ रुपैयाँ ६७ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३३ रुपैयाँ ९५ पैसा र विक्रीदर ३४ रुपैयाँ ११ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ८० पैसा र विक्रीदर ३४ रुपैयाँ ९७ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ५४ पैसा र विक्रीदर ३ रुपैयाँ ५६ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३४ रुपैयाँ ७१ पैसा र विक्रीदर ३४ रुपैयाँ ८७ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ५४ पैसा र विक्रीदर २८ रुपैयाँ ६७ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ५७ पैसा र विक्रीदर ९ रुपैयाँ ६२ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ०६ पैसा र विक्रीदर १२ रुपैयाँ १२ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ १६ पैसा र विक्रीदर १७ रुपैयाँ २४ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ २५ पैसा र विक्रीदर १६ रुपैयाँ ३२ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४१४ रुपैयाँ २५ पैसा र विक्रीदर ४१६ रुपैयाँ २० पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३३८ रुपैयाँ १९ पैसा र विक्रीदर ३३९ रुपैयाँ ७८ पैसा रहेको छ ।

 

प्रतिक्रिया