शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

२०७९ साल साउन ३० गते साेमवारको राशिफल र मौसम

सोमवार , श्रावण ३०, २०७९

२०७९ साउन ३० गते, साेमवार, १५ अगस्ट २०२२। भाद्र कृष्णपक्ष चतुर्थी तिथि। उत्तरभाद्रपदा नक्षत्र। चन्द्रराशि– कुम्भ मीन।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) :- खर्च बढ्ने समय रहेको हुँदा धेरै रकम जोहो गर्नुपर्ला। थैलीको मुख बलियो नहुँदा धनमाल हराउन सक्छ। काम बिग्रनाले क्षति वा घाटा हुन सक्छ। भैपरी आउने समस्याले खर्च गराउनेछ। उठ्नुपर्ने रकम तत्काल उठाउँदा लाभांशमा घाटा लाग्न सक्छ। पछिका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ। आफन्तबाट टाढिनुपरे पनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) :- मिहिनेतको फल प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। नयाँ अवसर र आम्दानीका स्रोत फेला पर्नेछन्। पढाइमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यापारमा थोरै लगानीबाट पनि फाइदा हुनेछ। आवश्यक भौतिक साधन जुट्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानी बढ्नाले जीवनशैलीमा पनि परिवर्तन आउन सक्छ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) :- कर्मक्षेत्र सबल रहनेछ भने विभिन्न अवसरले पछ्याउनेछन्। दिगो काम प्रारम्भ हुनेछ। व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) :- विभिन्न अवसर प्राप्त भए पनि अरूका लागि बुद्धि र समय खर्चनुपर्ला। परिस्थितिवश आँटेको काम रोकिन सक्छ। सहयोगीहरूले भने साथ दिनेछन्। प्रतीक्षा गरिएको उपलब्धि आंशिक भए पनि प्राप्त हुनेछ। सामाजिक उत्तरदायित्व हातपार्न सकिनेछ। तर लक्ष्यमा पुग्न समय लाग्नेछ। राम्रै मूल्य प्राप्त भए पनि मेहनतको फलमाथि अरूले समेत दाबी गर्न सक्छन्।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) :- अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। बाध्यात्मक परिस्थितिले इच्छाशक्ति कुण्ठित हुनेछ। आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन्। व्यापारिक लगानीमा जोखिम बढ्न सक्छ। गोपनीयता भंग हुनुका साथै धन बाहिरिन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) :- रमाइलो यात्रा गर्ने अवसर जुर्नेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिन सक्छ। साथीभाइकाे सहयोग जुट्नाले कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायले मनग्य आम्दानी दिलाउनेछ। अतिथिका रूपमा मानसम्मान र उपहार प्राप्त हुनेछ। लगनशीलताले विशेष अवसर दिलाउन सक्छ। नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ।

तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते) :- आँटले काम बन्नेछ र सफलताले हौसला प्रदान गर्नेछ। परिश्रम परे पनि विभिन्न अवसर जुट्नेछन् र लक्ष्य प्राप्त हुनेछ। अरूले भोगचलन गरेका, आफ्नो हकदाबी लाग्ने वस्तु फिर्ता लिन सकिनेछ। वादविवाद साम्य हुनेछ भने शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन्। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। न्यायोचित कर्म गर्दै प्रतिष्ठा जोगाउन सफल भइनेछ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) :- काममा केही अलमल हुन सक्छ। अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। अप्ठ्यारा परिस्थितिले लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ। समयको तालमेल नमिल्दा आफ्ना विषयवस्तुमा अरूले दाबी गर्लान्। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। पढाइलेखाइमा त्यति समय दिन नसकिएला।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) :- निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला। पारिवारिक असमझदारीले काममा अप्ठ्यारो पर्न सक्छ। बेसुरमा काम गर्ने बानीले पनि मेहनत खेर जानेछ। ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउन सक्छन्। बुद्धिको उपयोगले मात्र काम सम्पादन हुनेछ। महत्त्वाकांक्षी योजनामा अघि नबढ्नुहोला। पछि लाभ हुने काम प्रारम्भ गर्न सकिनेछ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) :- पुरुषार्थी काम गर्दै लोकप्रियता हासिल गर्ने समय छ। अग्रज तथा सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। व्यापारमा थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् र लाभांश प्राप्त हुनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। सामाजिक दायित्व बढ्नेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) :- आत्मविश्वासको कमीले काममा पछि परिनेछ। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दु:ख पाइनेछ। खर्च हुने डरले सताउन सक्छ। वादविवादबाट टाढा रहनुहोला। बलजफ्ती गर्ने बानीले आफैंलाई अप्ठ्यारोमा पार्न सक्छ। ईर्ष्या गर्नेहरूबाट सजग रहनुपर्ला। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) :- काममा विलम्ब भए पनि पहिलेको सफलताले हौसला जगाउनेछ। रमाइलो परिस्थितिको आनन्द प्राप्त हुनेछ। सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर जुट्नेछ। नयाँ कामको प्रस्ताव प्राप्त हुनेछ भने सहयोगीहरूले साथ दिनेछन्। पहिलेका कमजोरी सुधार गर्दै फाइदा उठाउने समय छ। रमाइलो भेटघाटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ।

तपाईँको दिन शुभ रहोस् ।

०७९ साल साउन ३० गते साेमवारको मौसम

मौसम पूर्वानुमान महाशाखाको प्रकाशित बुलेटिन अनुसारहाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ। हाल सुदुरपश्चिम तथा कर्णाली प्रदेशमा सामान्य बदली रही बाकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ । सुदुरपश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

साेमवार दिउँसो :– देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साेमवार राती :– प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

प्रतिक्रिया