शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

२०७९ साल साउन १३ गते शुक्रबारको राशिफल र मौसम

शुक्रवार , श्रावण १३, २०७९

२०७९ साउन १३ गते, शुक्रवार, २९ जुलाई २०२२। श्रावण शुक्लपक्ष प्रतिपदा तिथि। तिष्य नक्षत्र, ९ः४६ बजेदेखि अश्लेषा। चन्द्रराशि– कर्कट।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) :- सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ । स्वास्थ्य सबल रहनेछ भने काममा पनि फाइदाको योग छ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । कार्य सम्पादन गर्ने क्षमता बढ्नेछ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) :- व्यापार व्यवसायमा सामान्य फाइदा भएपनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइ लेखाइमा प्रगति हुनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ । ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) :- शत्रु र रोगबाट छुट्कारा मिल्ने समय छ । स्वास्थ्यका लागि आहार विहारमा ध्यान पुर्याउनुहोला । छर छिमेकमा असमझदारी बढ्ने समय भएकाले होसियारी साथ काम लिनुहोला । टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्ने समय छ । कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ । समस्या थपिन सक्छन् ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) :- ईर्ष्यालु मन भएकाहरूले काम बिगार्न सक्छन् । बुद्धिको उपयोगले मात्र प्रतिस्पर्धीहरूलाई बसमा ल्याउन सकिनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम पनि बनाउन सकिनेछ । वैदेशिक क्षेत्रबाट विशेष लाभ उठाउने अवसर प्राप्त हुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) :- पहिलेको सफलताले उत्साह जगाउनेछ । बोलीको माध्यमले लाभ उठाउन सकिनेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम सम्पादन हुन सक्छन् । उपलब्धिले थप उत्साह जगाउनेछ । भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ । साझेदारीमा पनि राम्रो फाइदा हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) :- आयआर्जन राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । पुरानो समस्याले केही झमेला आइलाग्ने सम्भावना छ । दाम्पत्यमा शंका र असमझदारी बढ्न सक्छ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । यात्रामा विशेष लाभ होला । परिस्थितिसँग सम्झौता गर्नु परेपनि प्रतिष्ठा जोगाउन सकिनेछ ।

तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते) :- विश्वासमा पारेर झुक्याउनेहरूले सताउन सक्छन् । सहयोगीहरूको भर नपर्नुहोला । प्रतिष्ठा, मान सम्मान आदि पाइनेछ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । कामको तारिफ हुनाले उत्साह बढ्नेछ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) :- मेहनत एवम् परिवारजनको सहयोगले लाभ उठाउन सकिनेछ । घरायसी काम बन्नेछन् । परिस्थिति अनुसार चल्न नसक्ता दुःख पाइनेछ । सहयोगीहरूले पनि विपक्षीलाई साथ दिनाले काममा चुनौती देखिएलान् । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । सोचेको काम पनि नबन्न सक्छ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) :- सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ । परम्परालाई समय सापेक्ष परिवर्तन गर्न सकिनेछ । साथ दिनेहरू बढ्नेछन् । आयआर्जनका स्रोत बढ्नेछन् । व्यापारमा पनि बढी नै फाइदा हुने समय छ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) :- प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार पाइनेछ । यत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ । इच्छा शक्ति बढ्नेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विभिन्न अवसर जुटेपनि अरूलाई बचन दिने बानीले दुःख पाइनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) :- अधिकारका लागि केही संघर्ष हुन सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन् । व्यावसायिक काममा खर्च बढ्नेछ । अर्थ अभाव खट्किएपनि चिताएको काम सम्पादन गर्न सकिनेछ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्म योग र आम्दानीले पछ्याउनेछन् ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) :- मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । हिम्मतले काम बनाउन सकिनेछ । मनमा डर लागे पनि विभिन्न अवसरले पछ्याउनेछन् । तार्किक क्षमता एवम् बोलीको प्रभाव बढ्नेछ । आर्जित धन खर्च हुन सक्छ । तर आफ्नै प्रयासले लाभ मिल्न सक्छ । प्रतिस्पर्धीलाई हराउन सकिनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

०७९ साल साउन १३ गते शुक्रबारको मौसम

मौसम पूर्वानुमान महाशाखाको प्रकाशित बुलेटिन अनुसार हाल मनसुनको न्यून चापीय रेखा ( Axis of Monsoon Trough) पश्चिममा सरदर स्थान (normal position) को आसपासमा रहेको छ भने पूर्वमा सरदर स्थान (normal position) भन्दा केही उत्तरतिर अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश नं १ का केही र बाकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

शुक्रबार दिउँसो :– देशभर सामान्य बदली रहनेछ। देशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

शुक्रबार राती :– देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

प्रतिक्रिया