शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

२०७९ साल साउन ४ गते बुधवारको राशिफल र मौसम

बुधवार , श्रावण ४, २०७९

२०७९ साउन ४ गते, बुधवार, २० जुलाई २०२२। श्रावण कृष्णपक्ष सप्तमी तिथि, १२ः२५ बजेदेखि अष्टमी। रेवती नक्षत्र, १८ः०६ बजेदेखि अश्विनी। चन्द्रराशि– मीन, १८ः०६ बजेदेखि मेष।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) :- प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ । ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन् । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । पहिलेको सफलताले थप हौसला जगाउनेछ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) :- अध्ययनमा राम्रो प्रगति हुनेछ । हिम्मतले काम लिनुहोला । आफ्नै प्रतिभाले फाइदा दिलाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । मनग्य धन आर्जन हुनेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) :- विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । आयआर्जन पनि राम्रै हुनेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । वैदेशिक कामकाजमा फाइदा होला । मनको डर उत्साहमा रूपान्तरित हुने योग छ । टाढाको यात्रा गर्ने मौका छ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) :- मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । हिम्मतले काम बनाउन सकिनेछ । केही खर्च लाग्ने तर पनि सोचेको काम बन्ने योग छ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) :- अनावश्यक दौडधुपमा समय बित्नेछ । फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । आर्थिक कारोबारमा सजगता अपनाउनु होला । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । पति पत्नीबीच घर सल्लाह नमिल्न सक्छ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) :- प्रेम र मित्रताको गाँठो कसिनेछ । दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमताले सम्मान दिलाउनेछ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । साझेदारीमा पनि फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् ।

तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते) :- काम देखाएर विशेष उपलब्धि हात पार्न सकिनेछ । गुरुजनको सहयोग जुट्नेछ । व्यवसाय मूलक काममा पनि राम्रै फाइदा हुनेछ । व्यापार ब्यवसायमा फाइदा हुनेछ । आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) :- प्रतिस्पर्धीहरूबाट सजग रहनुहोला । पहिलेका कर्मको प्रतिफल पाइनेछ साथै कामको चापबाट पनि फुर्सद पाइनेछ । फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ । खर्च बढ्नुका साथै आर्थिक अभाव समेत देखा पर्नेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) :- बोलीको भरमा काम सम्पादन हुने योग छ । विचारको आकर्षणले प्रशंसकहरू बढ्नेछन् । सुन्दर पहिरनमा रमाउँदै व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गरे पनि अरूको हातमा गइसकेको अवसर जोगाउन सकिनेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) :- विभिन्न भौतिक साधन जुट्नेछन् भने उत्साहजनक समाचारले मन प्रसन्न हुनेछ । सन्तानका माध्यमबाट पनि काम बन्ने सम्भावना छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् र प्रसन्नता मिल्नेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) :- सहयोगीहरूले विपक्षीलाई साथ दिनाले काममा चुनौती देखिएलान् । आर्जित धन खर्च हुन सक्छ । तर आफ्नै प्रयासले लाभ मिल्न सक्छ । विभिन्न अवसरले पछ्याउनेछन् । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । व्यापारमा प्रशस्त फाइदा हुनेछ ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) :- पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्यमा शंका र असमझदारी बढ्ने समय छ । परिस्थिति अनुसार चल्न नसक्ता दुःख पाइनेछ । काम बिग्रने डरले सताइरहनेछ । बेसुरमा बचन दिनाले दुःख पाइनेछ । पशु र कृषिबाट सोचेको लाभ नउठ्न सक्छ ।

०७९ साल साउन ४ गते बुधवारको मौसम

मौसम पूर्वानुमान महाशाखाको प्रकाशित बुलेटिन अनुसार

बुधवार दिउँसो :– देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशको पहाडी भू-भागका धेरै स्थानहरूमा र अन्य भू-भागका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, लुम्बिनी, गण्डकी ,बागमती र मधेश प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

बुधवार राती :– देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदुर पश्विमका प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

प्रतिक्रिया