शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीका दुई पुर्व प्रहरी प्रमुख एसएसपीमा बढुवा सिफारिस

शनिवार , आषाढ २५, २०७९

सिन्धुली– गृहमन्त्रालयले ३२ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवामा सिफारिस गरेको सूचिमा सिन्धुलीका दुई प्रहरी प्रमुख पनि समेटिएका छन् । शनिबार बसेको बढुवा समितिको बैठकले ३२ जना एसपीलाई सम्बन्धित समूहमा एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो ।

२०७७ साल चैत्र १८ देखि २०७८ फागुन १३ गतेसम्म प्रहरी प्रमुखका रुपमा सिन्धुलीमा खटिुनभएका प्रहरी उपरिक्षक गोविन्द थपलिया प्रहरी वरिष्ठ उपरीक्षकमा सिफारिस हुनुभएको हो । बढुवा सिफारिसको १६ औँ नम्बरमा बागमती प्रदेश प्रहरी गण हेटौँडा मकवानपुरका एसपी थपलिया रहनुभएको छ । थपलियाको कार्यकालमा जिल्लामा शान्ति सुरक्षा कायम रहेको स्थानियले बताएका छन् ।

त्यस्तै, २०६८ साल असार ६ गतेदेखि २०६९ साल वैशाख १८ गतेसम्म सिन्धुली प्रहरी कार्यालयको नेतृत्व सम्हाल्नुभएका तत्कालिन प्रहरी नायव उपरिक्षक लोकेन्द्र श्रेष्ठ एसएसपीमा बढुवा सिफारिस हुनुभएको छ । बढुवा सिफारिसमा नेपाल प्रहरी विशेष सुरक्षा गण सुर्खेतका एसपि श्रेष्ठ ३१ औँ स्थानमा रहनुभएको छ । सिन्धुलीमा गुण्डागर्दि नियन्त्रणमा श्रेष्ठ अब्बल देखिनुभएको थियो । सिन्धुलीको प्रहरी प्रमुख हुँदा श्रेष्ठले गुण्डागर्दि नियन्त्रण गर्न सफल हुनुभएको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया