शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीका पौडेल एनआरएन अमेरिकाको अध्यक्ष चयन

बुधवार , आषाढ २२, २०७९

सिन्धुली– नेपाल विद्यार्थी संघ सिन्धुलीका पुर्ब सभापति सि.पि पौडेल एनआरएन अमेरिकाको अध्यक्षमा चयन हुनुभएको छ । टेक्सासको डाल्लासमा भएको एनआरएन सदस्यहरुको भेलाले पौडेललाई अध्यक्ष चयन गरेको हो । पौडेल यस पहिले कार्यवाहक अध्यक्ष हुनुहन्थियो ।

यसैगरी भेलाले एनआरएन अमेरिकाका निवर्तमान अध्यक्ष समेत रहेका आइसीसीका कोषाध्यक्ष सुनिल साहलाई संघको प्रमूख संरक्षकमा चयन गरेको छ। यसैगरी संघको रिक्त एक संरक्षकमा कृष्ण लामिछानेलाई चयन गरिएको छ । अध्यक्ष सीपी पौडेलले दिएको जानकारी अनुसार संघको राष्ट्रिय समितिको संरक्षकहरुमा यस पहिले नै डा. अर्जुन बन्जाडे, तिलक केसी र शिव राईलाई चयन गरिएको छ । लामिछाने,बन्जाडे र केसी एनसीसी अमेरिकाको गत वर्ष सम्पन्न निर्वाचनमा अध्यक्षका प्रत्यासी थिए भने राई पूर्व अध्यक्ष हुनुहुन्छ ।

अध्यक्ष चयन गरेपछि बसेको पहिलो बैठकले आइसीसीले तोकेको मापदण्ड अनुसार एनआरएन एनसीसी अमेरिकाको सदस्यता वितरण गर्ने र कार्य समितिको रिक्त पदाधिकारी र सदस्य पदपूर्ति गर्ने निर्णय गरेको छ। पदपूर्तिका लागि अध्यक्ष पौडेललाई जिम्मेवारी दिइएको छ । डाल्लास भेलामा एनआरएन अमेरिकाको गत निर्वाचनका अध्यक्ष पदका चार प्रत्यासी मध्ये तीन जना कृष्ण लामिछाने,डा. अर्जुन बन्जाडे र तिलक केसीसहित एनआरएन अमेरिकाका विभिन्न जिम्मेवारीमा रहेका सदस्यहरु सहभागी थिए । यसैगरी दुई दिने भेलामा एनआरएन आइसीसीका सचिव शंकर खड्का, कोषाध्यक्ष सुनिल साह, सह कोषाध्यक्ष यमुना भट्टराई, अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक प्रकाश सापकोटा, क्षेत्रिय उप संयोजक पुरुषोत्तम बोहोरा र पशुपति पाण्डे समेत सहभागी थिए। आइसीसीका सहभागी पदाधिकारीहरुले अब अमेरिकामा अर्को एनसीसी नरहेको बताउनुभएको थियो । भेलाको उद्घाटन प्रमुख अतिथि पूर्व परराष्ट्रमन्त्री महेन्द्र पाण्डेले गर्नुभएको थियो ।

यसैबीच अध्यक्ष पौडेलले आफुहरु सबैसंग परामर्श गरेर अघि बढ्ने भन्दै एनआरएनलाई शुद्धीकरण गर्ने अभियानमा साथ दिन सबैलाई अपील समेत गरेका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया