काठमाडौं २१ असार – नेपाल राष्ट्र बैंकले आज असार २१ गते मगलवार को लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२६ रुपैयाँ ०३ पैसा र विक्रीदर १२६ रुपैयाँ ६३ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३१ रुपैयाँ ७० पैसा र विक्रीदर १३२ रुपैयाँ ३३ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १५२ रुपैयाँ ८२ पैसा र विक्रीदर १५३ रुपैयाँ ५५ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३१ रुपैयाँ ३९ पैसा र विक्रीदर १३२ रुपैयाँ ०२ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ७७ पैसा र विक्रीदर ८७ रुपैयाँ १८ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९८ रुपैयाँ ११ पैसा र विक्रीदर ९८ रुपैयाँ ५८ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९० रुपैयाँ २८ पैसा र विक्रीदर ९० रुपैयाँ ७१ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ३१ पैसा र विक्रीदर ९ रुपैयाँ ३५ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ८४ पैसा र विक्रीदर १८ रुपैयाँ ८३ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३३ रुपैयाँ ५८ पैसा र विक्रीदर ३३ रुपैयाँ ७४ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ४९ पैसा र विक्रीदर ३४ रुपैयाँ ६६ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ५३ पैसा र विक्रीदर ३ रुपैयाँ ५५ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३४ रुपैयाँ ३१ पैसा र विक्रीदर ३४ रुपैयाँ ४७ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ५६ पैसा र विक्रीदर २८ रुपैयाँ ६९ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ७३ पैसा र विक्रीदर ९ रुपैयाँ ७८ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २५ पैसा र विक्रीदर १२ रुपैयाँ ३१ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ ७० पैसा र विक्रीदर १७ रुपैयाँ ७९ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ०६ पैसा र विक्रीदर १६ रुपैयाँ १४ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४१० रुपैयाँ ८२ पैसा र विक्रीदर ४१२ रुपैयाँ ७७ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३३४ रुपैयाँ २९ पैसा र विक्रीदर ३३५ रुपैयाँ ८८ पैसा रहेको छ ।
