शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीमा चकलेटको खोल देखि गुट्काको खोलमा लागुऔषध बरामद

सोमवार , आषाढ २०, २०७९

सिन्धुली– सिन्धुली प्रहरीले लागुऔषध सहित चार जनालाई पक्राउ गरेको छ । विभिन्न ठाउँमा चेकजाचँको क्रममा प्रहरीले लागुऔषधसहित चार जनालाई नियन्त्रणमा लिएको हो ।

असार १७ गते ईलाका प्रहरी प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरी टोलिले कमलामाई नगरपालिका ९ भिमान चेकपोष्ट स्थित बि.पि.राजमार्गमा सवारी साधन, यात्रुलाई चेकजाँच गर्ने क्रममा मोरङबाट काठमाडौँ तर्फ जाँदै गरेको हायसमा सवार काभ्रे खानिखोला गाउँपालिका २ का २५ वर्षिय कृष्ण थापालाई लागुऔधष सहित पक्राउ गरेको छ । थापाले बोकेको रातो रङगको भिर्नि झोला चेकजाँच गर्दा उक्त झोला भित्र पाईलट चुरोटको खालि बट्टामा प्लास्टिकले पोका पारी टेपले बेरी ल्याएको अबस्थामा ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ फेला परेको थियो । उक्त लागुऔषध (पदार्थ) तौल गर्दा ७ ग्राम १३५ मिलिग्राम रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरिक्षक मनोज कुमार लामाले बताउनुभयो । थापालाई लागु औधष सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा ल्याई जिल्ला अदालत सिन्धुलीमा पेश गरी ७ (सात) दिनको म्याद लिई अबश्यक थप अनुसन्धान भईरहेको उहाँले जानकारी दिनुभयो ।

सोहि दिन हरिहरपुरगढी गाउँपालिका ३ गुरुजी स्थितमा ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरी टोलीले सवारीसाधन रोकी चेकजाँच गर्ने क्रममा हेटौँडाबाट सिन्धुली तर्फ आउँदै गरेको ना. ४६ प १३३० नम्बरको मोटसाइकल चालक हेटाँैडा उपमहानगरपालिका १६ हटियाका २५ वर्षिय अनिल कुमार नगरकोटी र पछाडि सवार रौतहट चन्दपुर नगरपालिका ९ सिन्दुरेका ३५ वर्षिय नबराज विकलाई लागुऔषध सहित पक्राउ गरेको छ । मोटसाइकलको दायाँ पट्टीको लुकिङ ग्लासको रबर भित्र प्लाष्टिकमा बेरी लुकाई छिपाई राखिएको अवस्थामा ३.१३० ग्राम लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ र सोहि मोटसाइकल पछाडि सवार विकको पर्स भित्र राखेको पुकारको खोलमा लुकाई छिपाई राखेको अवस्थामा ०.२७० मिलि ग्राम ब्राउन सुगर जस्तो पदार्थ फेला प्रहरीले जनाएको छ । दुवै जनालाई लागुऔषध, मोटसाइकल सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा ल्याई जिल्ला अदालत सिन्धुलीमा पेश गरी सात दिनको म्याद लिई आबश्यक थप अनुसन्धान भईरहेको डिएसपि लामाले जानकारी दिनुभयो ।

यस्तै, असार १८ गते ईलाका प्रहरी कार्यालय भिमान सिन्धुलीबाट खटिएको प्रहरी टोलिले कमलामाई नगरपालिका ९ भिमान चेकपोष्ट स्थित बि.पि.राजमार्गमा सवारी साधन चेकजाँच गर्ने क्रममा बिराटनगरबाट काठमाडौँ तर्फ आउँदै गरेको हायसमा सवार मोरङ रामथान गाउँपालिका १ का २३ वर्षिय रोशन कुमार भगतलाई लागुऔषध सहित पक्राउ गरेको छ । भगतले बोकेको कालो रङको झोलाको भित्रि गोजिमा सेतो प्लास्टिकमा पोका पारी कफि चकलेटको खालि खोल भित्र लुकाई छिपाई ल्याएको ब्राउन सुगर जस्तो देखिने खैरो रङको धुलो पदार्थ तौल गर्दा अन्दाजी २६० मिलिग्राम, नियन्त्रित लागु औषध जस्तो देखिने नाइट्राजेपाम ट्याब्लेट दुई पिस र नाइट्राभेट १० लेखिएको ४ पत्तामा १८ वटा ट्याब्लेट सहितको लागुऔषध फेला परेको छ । लागुऔषध सहित भगतलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा ल्याई जिल्ला अदालत सिन्धुलीमा पेश गरी सात दिनको म्याद लिई अबश्यक थप अनुसन्धान भईरहेको प्र.ना.उ लामाले जानकारी दिनुभयो ।

सम्बन्धित विषय:

प्रतिक्रिया