२०७९ असार १९ गते, आइतवार, ३ जुलाई २०२२। आषाढ शुक्लपक्ष चतुर्थी तिथि, १३ः५७ बजेदेखि पञ्चमी। मघा नक्षत्र। चन्द्रराशि– सिंह।
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) :- विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । आज तपाइको कुनै काममा झमेलाको सामना गर्नुपर्ने योग छ, जागिरमा केही अल्छिपन छाउनेछ । हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगती हुन दिदैनन् । जागीरमा पनि समस्या देखा पर्न सक्छ ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) :- परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । कृषि कार्यबाट पनि फाइदा लिन सकिन्छ । पराक्रम बढनुको साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ, पढाइमा भने मन नजाला । आजको दिनमा तपाइले सोचेको काम पुरा हुन सक्छ । साथै पाहुना आगमनको पनि योग रहेको छ ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) :- विभिन्न उपहार पाउनुका साथै आयआर्जन पनि राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान पाइने समय छ । प्राय सबै कामहरू बन्नेछन्, काममा साथ सहयोग पनि पाइनेछ । आर्थिक लाभ हुने दिन छ । आम्दानीको नयाँ श्रोत फेला पर्नेछ । भोज भतेरमा सम्लग्न भई ठूला व्यक्तिको विश्वास लिन सजिलै सकिने छ ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) :- स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ । केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला । बैदेशिक कार्यमा असफलभई दुख पाउने योग छ । भाग्यले साथ दिनेछैन, धनको नाश पनि होला । विवाद बढ्ने, सामाजिक मर्यादामा संकट आउने, काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने योग छ ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) :- परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ । आज कसैबाट समर्थन एवम् धन पाइने दिन छ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । अन्नको पनि लाभ मिल्न सक्छ । कुनै काममा नजिकको नातेदारको समर्थन पाउने दिन छ, रुपैँया पैसा तथा अन्नको लाभ हुने दिन छ ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) :- आज तपाइलाई अनौठो तरिकाबाट धन लाभ हुन सक्छ, परिवारबाट सुखको अनुभुति पनि मिल्ला । धन कमाउने बाटाहरुको थालनी हुने दिन छ । सोचेका काममा सफलता पनि मिल्नेछ । आज तपाइको धन लाभको योग छ । साथै, दिन खुशी साथ बित्ने छ । परिवारमा पनि सुखको माहोल बन्नेछ ।
तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते) :- हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । रमणीय र सुखद यात्राको योग छ । आज तपाइको कहीं टाढाको यात्रा हुने दिन छ, परिवारमा खुशिको माहोल छाउनेछ । नयाँ ठाँउको यात्राको योग छ, पुराना साथीसँगको भेटघाटले मन हर्षित हुनेछ, दिन रमाइलो छ ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) :- खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ । भौतिक साधनको पनि क्षति हुने दिन छ, होस पुर्याउनु होला । दैनिक प्रयोगको सामान बिग्रनाले अर्थहानी हुन सक्छ । शरिरमा रोगले पनि सताउने दिन छ । स्वास्थ्य कमजोर हुनुको साथै काममा सफलता पाउन गार्हो पर्ला, सामान्य रोगब्याधले पनि सताउन सक्छ ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) :- नसोचेको आफन्तसँग भेटघाट हुनाले मन प्रफुल्ल हुने छ । सोचे अनुसार काम सम्पन्न भने हुँदैन । मान प्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ तर सोचेको काममा भने बाधा बेहोर्नु पर्ला । अरुको काम धेरै गर्नु पर्ला, जस पाउने सम्भावना कमै रहनेछ । काम गरे अनुसार फल भने थोरै मिल्ने समय छ ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) :- आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । बन्द व्यापारबाट लाभ मिल्नेछ । स्वास्थ्यमा कुनै समस्या देखिने छैन, पढाइमा सफलता मिल्ने दिन छ । स्वास्थ्यमा सुधार हुने भएकोले नयाँ काममा ध्यान दिएमा मान सम्मान मिल्नेछ ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) :- नयाँ काम सम्बन्धि योजना बनाउँदा फाइदा हुन सक्छ । साथै, ब्यापार ब्यवसायबाट पनि लाभ मिल्ने देखिन्छ । आज तपाइलाई काम गर्न मन लाग्नाले मनमा खुशी मिल्नेछ । आफन्तले पनि काममा साथ दिने छन् । बौद्धिक कार्यबाट थोरै भए पनि लाभ हुनेछ । व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ ।
मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) :- स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना देखिन्छ । चोट पटकको भय पनि छ । हात हतियारबाट जोग्गिएर काम गर्नुहोला । छरछिमेकसँग सामान्य मनमुटाव पर्ने देखिन्छ । कुरा काट्नेहरु प्रशस्त बढ्ने छन् । ठूला व्यक्तिहरुबाट आलोचना हुनेछ । कसैसँग बादविवादको पनि संभावना छ ।
तपाईँको दिन शुभ रहोस् ।
०७९ साल असार १९ गते आइतवारको मौसम
मौसम पूर्वानुमान महाशाखाको प्रकाशित बुलेटिन अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ।
आइतवार दिउँसो :– देशभर सामान्यतया बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आइतवार राती :– देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भ-भागका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।